जिल्ला भरिका पालिकाको प्रतिनिधित्व हुने गरि काम गर्छौ – मेयर बस्नेत

Logo
शुसिला रेग्मी बुधबार, पुष २०, २०७९

उदयपुर।  त्रियुगा नगरपालिकाले मंगलबार ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरुलाई बधाई ज्ञापन’ कार्यक्रम गरेको छ। नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा उदयपुरबाट निर्वाचित भएका प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरु भेला भएका थिए।

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद डा. नारायण खड्काले चुनावका बेला काँग्रेसको रुख चिन्हबाट निर्वाचनमा जितेको भएपनि अब साझा सवैको जनप्रतिनिधि भएको बताए। निवर्तमान परराष्ट्र मन्त्री खड्काले केही दिनयता देशको राजनीतिक परिदृष्य बद्लिएर कांग्रेस प्रतिपक्षको भूमिकामा पुगेकाले सोचे अनुरुप काम गर्न नसके पनि सत्ता पक्षका साथीहरु सँग सहकार्य गर्दै जनपक्षीय काममा लाग्ने प्रतिबद्धता व्यक्त गरे।

एमाले नेता तथा प्रतिनिधिसभा २ का सांसद अम्मर रायमाझीले सांसदको हिसाबमा आफ्नो नयाँ अनुभव भएको उल्लेख गर्दै पहिलेदेखिकै सांसद र पटक पटक मन्त्री भइसकेकाअनुभवी डा. खड्का लगायतका नेताहरुको साथ र सहयोग लिएर जिल्लाको विकास निर्माणमा दत्तचित्त भएर लागिपर्ने बताए।

कार्यक्रममा प्रदेश सांसदहरु प्रदेश १ (१) का सांसद राजन किरांतीले  स्थानीय सरकार सँग सहकार्य र समन्वय गर्दै जनजीविकाको सवालमा दृढ भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।  प्रदेश २ (१) का सांसद नारायण बुर्जा मगरले उदयपुरले प्रतिनिधि र प्रदेश सभा गरि दस जना सांसद पाएको प्रति गर्व गर्दै सवै एक भएर बिकाश निर्माणमा जुटे ५ बर्षमा उदयपुरको रुप रेखानै परिवर्तन हुने गरि काम गर्न सकिने बताए।  प्रदेश २ (२) का सांसद रामकुमार खत्रीले बधाई कार्यक्रममा लगाइदिएको खादा र मालाले जिम्मेवारी बोध गराएको उल्लेख गरे।

कार्यक्रममा समानुपातिक सांसदहरु लिलाकुमारी राई, सम्झना पाख्रिन, सिर्जना दनुवार र गीता रेग्मीले नगरपालिका आफ्नो जननी जस्तो भएकाले जनअपेक्षा अनुसार काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नगरप्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले सांसदहरुलाई खादा, माला र प्रसंशापत्रले सम्मान गरेका थिए । सम्मानपछि बोल्दै मेयर बसन्त कुमार बस्नेतले त्रियुगा नगरपालिका जिल्लाकै पहिलो नगरपालिका भएकाले समग्र जिल्ला भरिका पालिकाको प्रतिनिधित्व गर्ने गरि समृद्धीको खाका बनाएर काम गर्ने आफ्नो योजना रहेकाले सम्पूर्ण सांसदहरुलाई यसमा सहयोग गर्न आग्रह गरे।

मेयर बस्नेतले मदन भण्डारी लोकमार्गसँग विभिन्न गाउँ र नगरपालिका जोड्ने सडक, मुर्कुची–माझखर्क–हलेसी खण्डको सडक, कटारी–बेतिनी–घुर्मी–ओखलढुंगा सिद्धिचरण लोकमार्ग तथा उदयपुर र खोटाङ जोड्ने गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग तत्काल स्तरोन्नतिसहित कालोपत्रे गर्नुपर्ने खाँचो औंल्याउँदै ती सडक बनेमा ३ जिल्लाबासीलाई यातायातमा सहज हुने बताए।

“मुर्कुची–माझखर्क–हलेसी खण्डको सडक, कटारी–बेतिनी–घुर्मी–ओखलढुंगा सिद्धिचरण लोकमार्ग तथा उदयपुर र खोटाङ जोड्ने गाईघाट–दिक्तेल सगरमाथा लोकमार्ग तत्काल स्तरोन्नतिसहित कालोपत्रे  भएमा भौतिक रुपमा बिकास जहाँ भएपनि त्यसको प्रत्यक्ष फाइदा उदयपुरले लिने बिश्वास व्यक्त गरे।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले उदयपुरबाट जितेर गएका सबै सांसदहरु जिल्लाबासीका लागि गर्वको विषय भएकाले बधाई ज्ञापन गर्दै सवै मिलेर विकास निर्माणमा लागे उदयपुरको बिकास सम्भव रहेको बताए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।