नेपाल थारु संघ उदयपुरले भन्यो निर्वाचन अघिको गठबन्धन ठगबन्धनमा परिणत भयो

Logo
शुक्रबार, पुष २२, २०७९

उदयपुर । नेपाली कांग्रेसको भात्री संगठन नेपाल थारु संघ जिल्ला कार्यसमिति उदयपुरले निर्वाचन अगाडि गरिएको गठबन्धन ठगबन्धनमा परिणत भएको निष्कर्ष निकालेको छ । पुष २० गते एक बिज्ञप्ति जारी गर्दै संघले गठबन्धनका नाममा बिचार र सिद्धान्त नमिल्ने पार्टीहरु सँग अपवित्र गठबन्धन गरि आफ्ना पार्टीका कार्यकर्तालाई कारवाही गरेको प्रती आपत्ति जनाएको छ ।

गठबन्धनका नाममा बिचार नमिल्ने पार्टीहरु संग अपवित्र गठबन्धन गरि विना प्रमाण गठबन्धनका उम्मेदवारहरुलाई असहयोग गरेको भन्दै कारवाही गरेको प्रती संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका सभापति डा. भोगेन्द्र प्रसाद चौधरी द्वारा जारी बिज्ञप्तिमा भनिएको छ, “गठबन्धनका संघीय र प्रदेशका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरु अत्याधिक मतका साथ बिजयी भएको अवस्थामा मतदातालाई शुभकामना लिनुदिनु पर्नेमा उल्टै डन्डा चलाएर कारवाही गर्नु निन्दनीय छ यस्को नेपाल थारु संघ घोर भर्त्सना गर्दै कारवाहीको प्रक्रिया अविलम्भ फिर्ता गर्न माग गर्दछ ।”

“गठबन्धनको निर्णय गर्ने जिम्मेवार पदासीन नितृत्वहरुबाट चुनाव अघि भएको गठबन्धनको निर्णय आज ठगबन्धनमा परिणत भएको छ, देशको सवैभन्दा ठुलो पार्टी नेपाली कांग्रेस संघ देखि प्रदेश सम्म सत्ता र शक्तिबाट बन्चित भएको छ, यसको नैतिक जिम्मेवारी लिदै स्थानीय देखि केन्द्र सम्मका पदासिन नेतृत्वले जिम्मा लिई आत्मा आलोचना गरियोस, पार्टीले कार्यकर्ताहरुलाई कारवाहीको डण्डा हैन वासुदेवकुटुम्वको मित्रता बढाई कार्यकर्ता समेट्ने काम गरियोस ।” बिज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।