जनप्रतिनिधि र कर्मचारीको मैत्रीपूर्ण फुटबल खेलमा बराबरी

Logo
शनिबार, पुष २३, २०७९

गाईघाट । त्रियुगा नगरपालिका द्वारा आयोजित प्रथम मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता पुस २३ गते शनिबार समापन हुँदै छ । १८ गते देखि २२ गते सम्म सञ्चालन गर्ने भनिएको प्रतियोगिता एक दिन ढिला गर्दै २३ गते समापन गरिने भएको हो ।

१८ गते देखि जारी प्रतियोगितामा १० बिधाका खेलहरु समाबेश गरिएको थियो । समापनको दिन विभिन्न सांस्कृतिक कार्यक्रम सहित प्रतियोगिताको समापन गरिने भएको छ ।

प्रतियोगितामा समाबेश गरिएका खेलहरु सवै सकिएका छन भने समापनको अघिल्लो दिन शुक्रवार नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपूर्ण फुटबल खेल भएको छ ।

नगरप्रमुख वसन्त कुमार बस्नेतको नेतृत्वमा जनप्रतिनिधिको टिम खेलमा समाबेश भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनको नेतृत्वमा कर्मचारीको टिम खेलमा समबेश भएको थियो ।

जनप्रतिनिधि र कर्मचारी बिचको मैत्रीपूर्ण खेल १ – १ को बराबरीमा टुंगिएको छ । पहिलो हाफ २५ मिनेट र दोस्रो हाफ २५ गरि ५० मिनेटको खेलमा पहिलो हाफमा कर्मचारीले १ गोल गरेका थिए । दोस्रो हाफमा पटक पटकपटक गोल गर्ने अवसर पाएको जनप्रतिनिधिको टिमले १ गोल गर्दै खेल बराबरीमा टुंगिएको हो ।

 

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।