त्रियुगा प्रथम मेयर रनिङ शिल्डको उपाधी त्रियुगा नमुना मा.विलाई

Logo
आइतबार, पुष २४, २०७९

उदयपुर। त्रियुगा नगरपालिका द्वारा आयोजित प्रथम मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी त्रियुगा नमुना मा.वि. गाईघाटले जितेको छ । १८ गते देखि २३ गते सम्म सञ्चालन भएको प्रतियोगितामा समाबेश सवै बिधामा भाग लिदै उत्कृष्ट अंक सहित नमुना मा.विले उपाथी जितेको हो ।

आफ्नै घरेलु खेलमैदानमा भएको प्रतियोगितामा २ सय ४२ अंक सहित उपाधी जित्दा प्रतियोगिताका आधा दर्जन विधामा उस्ले जित हात पारेको हो । ६ दिन सम्म सञ्चालन भएको प्रतियोगितालाई २५ हजार बढी मानिसले अवलोकन गरेको आयोजकले जनाएको छ ।

१८ गते देखि जारी प्रतियोगितामा १० बिधाका खेलहरु समाबेश गरिएको थियो । पुष २३ गते शनिबार समापनको दिन विभिन्न सांस्कृतिक कार्यक्रम सहित प्रतियोगिताको समापन गरिएको छ ।

समापन कायक्रमलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिका प्रमुख बसन्त कुमार बस्नेतले प्रतियोगितालाई नगरवासीले उत्सवको रुपमा मनाएको बताए । हतारमा भएको कार्यक्रमको व्यावस्थापनमा केही कमजोरी भएको भए पनि खेलप्रेमीहरुको उत्साह र अनुशासनले कार्यक्रमलाई मर्यादित बनाएको नगर प्रमुख बस्नेतले उल्लेख गरे ।

यस्तै समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख महेश्वरी राईले छोटो समयमा तयारी गरेर गरिएको प्रतियोगिताले नगरवासीमा शिक्षा र खेल क्षेत्रमा थप उर्जा थपेको विश्वास ब्यक्त गरिन । खेलकुदले शिक्षा क्षेत्रलाई थप फराकिलो बनाएर विद्यार्थीको समग्र वृद्धि बिकासमा टेवा पुर्याउने उनको भनाई थियो ।

समापन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले शिक्षा क्षेत्रको समग्र वृत्ति बिकासमा खेल महत्वपूर्ण रहेको उल्लेख गरे । छोटो समयमा गरेको प्रतियोगितालाई सम्पन्न गर्न केही चुनौती रहे पनि खेलप्रेमीहरुको सहभागीताले प्रतियोगिता सफल भएको बताए

त्रियुगा नगरपालिका वडा नं ११ का अध्यक्ष सुमन्त कोइरालाले समापन कार्यक्रममा बोल्दै आफ्नै वडामा भएको प्रतियोगिताले समग्र नगरका वडाको खेलकुद क्षेत्रको प्रतिनिधित्व गर्न पाएकोमा खुसी ब्यक्त गरे ।

कार्यक्रममा १६ वडाका वडा अध्यक्ष, नगर खेलकुद बिकास समितिका अध्यक्ष लगायत विभिन्न निकायका ब्यक्तिहरु उपस्थित थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry