गाईघाटको मुख्य चोकमा राष्ट्रिय जनावर गाईको प्रतिमा नगर प्रमुख बस्नेत द्वारा अनावरण

Logo
आइतबार, पुष २४, २०७९

उदयपुर । गाइघाट बजारको मुख्य चोकमा राखिएको राष्ट्रिय जनावर गाईको प्रतिमालाई अनावरण गरिएको छ । पुष २३ गते शनिबार एक कार्यक्रम गर्दै त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले गाईको प्रतिमालाई अनावरण गरेका हुन ।

गाईको प्रतिमालाई अनावरण गर्दै नगरप्रमुख बस्नेतले गाईघाटको ऐतिहासिक पहिचानलाई झल्काउने खालको प्रतिमा स्थापनाले समग्र उदयपुरको पर्यटन क्षेत्रलाई सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । देशका दुई ठुला राजमार्गलाई छुने चोकमा रहेको प्रतिमाले गाईघाटको मात्र पहिचान नभएर राष्ट्रिय जनावर समेत रहेको हुँदा गाईघाट बजारको सौर्न्दर्यता र महत्वलाई अझ राष्ट्रिय स्तरमा समेत चिनाउने उनको भनाई थियो ।

प्रतिमा अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख महेश्वरी राईले राष्ट्रिय जनावर गाई र गाईघाटको पहिचानको रुपमा गाईको प्रतिमाले समग्र उदयपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने बताइन ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले राष्ट्रिय जनावर गाईको प्रतिमाले त्रियुगा नगरपालिका राष्ट्र र जनता प्रती सधै संबेदनसिल रहेको बताउने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा प्रतिमा स्थापना भएको वडा नं ११ का वडा अध्यक्ष सुमन्त कोइराला लगायत विभिन्न तह र तप्कामा रहेका कर्मचारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।