गाईघाटमा त्रियुगा उद्योग बाणिज्य संघ मात्र बैधानिक हो : बाणिज्य माहासंघ पूर्व अध्यक्ष ढकाल

Logo
आइतबार, पुष २४, २०७९

उदयपुर । उद्योगी, ब्यापारी तथा ब्यवसायीहरुको छाता संगठन त्रियुुगा उद्योग वाणिज्य संघ गाईघाटको सातौं बार्षिक साधारण सभा गाईघाटमा भएको छ । रामजानकी पार्टी प्यालेसमा आयोजित कार्यक्रमलाई नेपाल उद्योग वाणिाज्य संघका पूर्व केन्द्रिय अध्यक्ष चण्डीराज ढकाल र त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले उद्घाटन गरेका हुन ।

शनिवार त्रियुगा उद्योग बाणिज्य संघको ७ औँ साधारण सभामा बोल्दै प्रमुख अतिथी ढकालले गाईघाटमा अन्य बाणिज्य संघ खोल्दै हिड्ने ब्यक्ति र संस्था कुनै बैधानिक नरहेको र व्यपारीहरुको हितमा त्यस संघले कुनै पनि काम गर्न नसक्ने जनाए ।

यस्तै सभालाई सम्बोधन गर्दै त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले त्रियुगा उद्योग बाणिज्य संघलाई केहि व्यक्तिहरुले खराव देखाउने प्रयास गरेको आरोप लगाए । ब्यक्तिगत उदेश्यका लागि बाणिज्य संघलाई धरासाय बनाउन लागि परेकाहरुको उदेश्य कहिले पनि पूरा नहुने र त्रियुगा उद्योग बाणिज्य स्थापित भएर ब्यापारी ब्याबसायीहरुको हितमा लाग्ने धारणा राखे ।

त्रियुगा नगरपालिका देशका दुई प्रमुख राजमार्गले काटेको हुनाले उद्योग व्यबसायको राम्रो सम्भावना रहेकाले यहाँ आएर लगानी गर्न आग्रह गर्दै लगानीको सुरक्षीतामा नगरपालिका लाग्ने बताए ।

ब्यवसायिक एकता र आर्थिक विकासका जोड दिदै संघले विभिन्न गतिविधि गर्दै आएको छ । सामाजिक विकास र गतिविधिमा समेत विशेष सक्रियता रहेको छ । संघले बन्दशत्र मार्फत आर्थिक तथा संस्थागत प्रतिवेदन प्रस्तुत गरेको छ ।

संघका अध्यक्ष रमेश रसाईलीको अध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दलका नेता, नागरिक समाज, बुद्धिविजी, पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा संस्थाका संस्थापक एवम् पूुर्व अध्यक्षहरुलाई अभिनन्दन गरिएको थियो । संस्थालाई विशेष योगदान पुुर्याउने ब्यक्तीहरुलाई कदर गरिएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।