कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारण सभा एवं चौथो अधिबेशन सम्पन्न

Logo
सोमबार, पुष २५, २०७९

उदयपुर । कर्मचारी बचत तथा ऋण सहकारी संस्था त्रियुगा नगरपालिका गाईघाट ११ उदयपुरको १० औं साधारण एवं चौथो अधिबेशन सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष निगम कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका अधिकांस शेयर सदस्य र सरोकारवालाको सहभागिता रहेको थियो ।

सचिव श्याम कुमार सुन्दास्ले सञ्चालन गरेको कार्यक्रममा संस्थाका संस्थापक तथा संरक्षक नेपाल कर्मचारी युनियन प्रदेश १ का अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष मान बहादुर वन र नेपाल कर्मचारी युनियन उदयपुरका अध्यक्ष भगवती खतिवडाले स्वागत मन्तब्य राखेका थिए ।

संस्थाको चौथो अधिबेशनले नयाँ कार्यसमितिको चयन गरेको छ । जसमा संस्थाका अधिकांस पदाधिकारी दोहोरियका छन । अध्यक्ष निगम कोइराला, उपाध्यक्ष सावित्री राई, सचीव श्याम कुमार सुन्दास र कोषाध्यक्ष भगवती खतिवडा दोहोरियका छन भने सह सचिव उदय नारायण शर्मा चुनिएका छन ।

सदस्यमा नित्यानन्द चौधरी, राम प्रासद दाहाल, लक्ष्य ब. श्रेष्ठ, हिरा लाल ठाकुर, बासुदेव लामीछाने, गोविन्द प्रसाद भट्टराई, श्याम सुन्दर शाह र उत्तम भट्टराई चुनिएका छन ।

यस्तै लेखा समितिमा खगेश्वर भट्टराई संयोजक, छितिजा राई र रामचन्द्र ढुङ्गाना सदस्य रहेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।