राम्रो काम गर्ने त्रियुगा नगरपालिकाका कर्मचारी सम्मानित

Logo
शुक्रबार, पुष २९, २०७९

उदयपुर । त्रियुगा नगरपालिकाले नगरमा कार्यरत कर्मचारीलाई प्रशंसा पत्रले सम्मान गरेको छ। नगरको १० औ नगरासभाको अवसरमा नगरमा कार्यरत २७ कर्मचारीलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको हो।

कार्यालय समयमा अनुशासित भएर काम गर्ने, पदीय मर्यादा कायम राखेर काम गर्ने, उचित, शिष्ट र समानजनक व्यवहार गर्ने, काम कारवाहीमा निश्पक्षता कायम गर्ने लगायत कर्मचारी आचार संहिता भित्र रहेर काम गर्ने कर्मचारीलाई सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको नगर प्रमुख बसन्त बस्नेतले बताए।

कर्मचारीलाई प्रोत्साहन गर्नका लागि नयाँ कार्यक्रमको थालनी गरिएको बताउदै प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले राम्रो काम गरे मूल्यांकन हुन्छ भन्ने भावना जागृत गराउन पनि सम्मान गरिएको उल्लेख गरे।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।