त्रियुगा १२ को चौथो वडा अध्यक्ष कपको उपाधी गाईघाट फुटबल क्लब ११ लाई

Solution Khabar सोमबार, माघ ०२, २०७९ समय 08:01:33

उदयपुर । त्रियुगा नगरपालिका वडा नं १२ को चौथो अध्यक्ष कपको उपाधी गाईघाट फुटबल क्लब ११ ले जितेको छ ।

माघ १ गते भएको फाइनल खेलमा त्रियुगा स्पोर्ट्स क्लब १३ लाई ३-१ को अन्तरले हराउदै गाईघाट फुटबल क्लब ११ ले उपाधी जितेको हो ।

गाईघाट फुटबल क्लब ११ का प्रितम चौधरी, पबिन चौधरी, देवराज चौधरीले समान १ गोल गर्दै ३ गोल गरे । त्रियुगा स्पोर्ट्स क्लब १३ सुनिल खड्काले १ गोल मात्र गर्दा ३-१ को अन्तरले त्रियुगा स्पोर्ट्स क्लब १३ ले नतिजा सुम्पनु परेको हो ।

ए डिभिजन लिग खेलेका खेलाडी समेत रहेको त्रियुगा स्पोर्ट्स क्लब १३ लाई १८ बर्ष मुनिका युवा मात्र रहेको गाईघाट फुटबल क्लब ११ ले ३ -१ ले नतिजा हात पार्दा गाईघाटमा उदयमान खेलाडीहरु जन्मिएको चर्चा चलेको छ ।

उपाधी सँगै गाईघाट फुटबल क्लब ११ ले २० हजार नगद सहित प्रमाणपत्र र ट्रफी हात पारेको छ । यता उपबिजेता बनेको त्रियुगा स्पोर्ट्स क्लब १३ ले नगद १० हजार सहित प्रमाणपत्र र ट्रफी पाएको छ ।

खेल अवधिभर सवैभन्दा बढी गोल गर्ने प्रितम चौधरी, उत्कृष्ट खेलाडी रविशंकर चौधरी, उत्कृष्ट मिडफिल्डर युवराज थापा, उत्कृष्ट गोल किपर प्रज्वल शेर्पा र उत्कृष्ट कोच सन्जिव बिष्ट रहेका छन । उत्कृष्ट हुबे सवै गाईघाट फुटबल क्लबका खेलाडी हुन । बिजेताहरुलाई नगद, प्रमाणपत्र र ट्रफी त्रियुगा नगरपालिका प्रमुख वसन्त कुमार बस्नेत र वडा अध्यक्ष चुडाराज काफ्लेले बितरण गरेका हुन ।

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : –२१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected], [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी
प्रतिनिधि – बिना मगर, बिनोद अधिकारी

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।