त्रियुगा १२ का जेष्ठ र एकल महिलालाई न्यानो कपडा वितरण

Logo
बिहिबार, माघ ०५, २०७९

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका १२ का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । नगरपालिकाको वडा नं १२ को आयोजनामा वडाका १ सय ६५ जेष्ठ नागरिक र एकल महिलालाई जाडोको बेला न्यानो कपडा वितरण गर्दै सम्मान गरिएको हो ।

वडा नं १२ बाट बृद्ध, एकल वा जुनसुकै रुपमा सामाजिक सुरक्षा भत्ता लिदै आएका नागरिकहरुलाई जाडोको बेला जोगाउन न्यानो कपडा वितरण गरिएको हो । जेष्ठ नागरिकलाई सिरक वितरण गर्दै वडा अध्यक्ष चुडाराज काफ्लेले जेष्ठ नागरिकलाई वडाले सदैव सम्मान र संरक्षण गर्ने बताए ।

न्यानो कपडा वितरण कार्यक्रममा वडा अध्यक्ष काफ्लेले वृद्धवृद्धाको सम्मानले मात्र धर्म परम्परा जीवित रहने बिश्वास ब्यक्त गरे । “जेष्ठ नागरिक ज्ञानका भण्डार हो उहाँहरुलाई संरक्षण गर्नु पहिलो दायित्व हो” अध्यक्ष काफ्लेले भने, “आजभोलि जेष्ठ नागरिकहरु आफ्नै सन्तानबाट पीडित हुने गरेका छन ।”

यस अघि वडाका ५० विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरि सकिएको वडाका वडा सचिव रिमा पोखरेलले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।