गाईघाटका युवाले लगाए सडकको डिभाइडरमा राष्ट्रिय झण्डा

Solution Khabar शनिबार, माघ ०७, २०७९ समय 08:01:59

गाईघाट । उदयपुर गाईघाटका युवाहरुले गाईघाटको पिजि चोकमा नेपालको राष्ट्रिय झण्डा लगाएका छन । मदन भण्डारी राजमार्ग अन्तर्गत पिजि चोकमा डिभाइडरमा राखेको ड्रममा राष्ट्रिय झन्डा लगाएका हुन ।

नेपाली कांग्रेस उदयपुरका जिल्ला कमिटी सदस्य नवीन कटुवालको अगुवाईमा झन्डा राखिएको हो । नेबिसंघ उदयपुरका युवा लगायत अन्य अगुवा युवाहरुको सहभागीतामा झन्डा राखिएको युवा विद्यार्थी नेता सुशील राईले बताए ।

यस अघि त्रियुगा नगरपालिकाको रजत जयन्तिको अवसरमा झन्डा राखिएको थियो । पहिले राखेका झण्डा मक्काएर पुराना भए पछि नयाँ झण्डा राखिएको नवीन कटुवालले जानकारी दिए ।

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : –२१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected], [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी
प्रतिनिधि – बिना मगर, बिनोद अधिकारी

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।