त्रियुगा १० मा वडा अध्यक्ष गोल्डकप माघ १४ बाट सुरु हुदै

एउटा टिमबाट ७ खेलाडीमात्र एक पटकमा मैदान प्रवेश पाउने

Solution Khabar सोमबार, माघ ०९, २०७९ समय 03:01:40

उदयपुर । त्रियुगा नगरपालिका वडा नं १० ले १ लाख पुरस्कार राशि सहित पहिलो वडा अध्यक्ष गोल्डकपको आयोजना गर्ने भएको छ । युवा तथा खेलकुद बिकास समिती त्रिनपा १० बोक्सेको आयोजनामा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

माघ १४ गते गते बाट सुरुहुने प्रतियोगितामा एउटा टिममा ७ खेलाडीले मात्र मैदानमा प्रवेश पाउने छन । त्रियुगा १० नं वडा स्थित गंगा खेल मैदानमा हुने खेलमा ८ टिमले सहभागिता जनाउने भएका छन ।

खेल मैदानको क्षमता र अखिल नेपाल फुटवल संघ(एन्फा) को नियम अनुसार एक टिमबाट ७ जना मात्र खेलाडी (7A)मात्र प्रवेश पाउने गरि गोल्डकपको आयोजना गर्न लागिएको वडा अध्यक्ष किरण पाण्डेले जानकारी दिए ।

राष्ट्रिय लिग खेलेका टिम सहभागी हुने प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ भने दोस्रो हुनेलाई ५० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने वडा खेलकुद बिकास समितिका अध्यक्ष हरि चन्द्र राईले बताए ।

अध्यक्ष राईका अनुसार प्रतियोगिता अवधी भर उत्कृष्ट हुने खेलाडीलाई नगद सहित ट्रफी र प्रमाणपत्र दिइने र हरेक खेलमा उत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कार दिइने छ ।

प्रतियोगितामा कटारी फुटबल क्लव, चौदण्डीगढी नगरपालिका, गाईघाट फुटबल क्लव, एपीएफ पूर्वाञ्चल, गोल बजार स्पोर्ट्स क्लव, पशुपति प्रसाद गण बोक्से, फ्युजन फुटवल क्लव र प्रोग्रेसिभ युवा क्लव फत्तेपुरले सहभागीता जनाएका छन ।

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : –२१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected], [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी
प्रतिनिधि – बिना मगर, बिनोद अधिकारी

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।