निवर्तमान परराष्ट्र मन्त्री डा. खड्काकै सचिवालय सदस्य पासपोर्ट कमिसनमा संलग्न

Logo
खेमराज दाहाल मंगलबार, माघ १०, २०७९

उदयपुर । निवर्तमान परराष्ट्र मन्त्री डा. नारायण खड्काको सचिवालयका एक सदस्य सहित ९ जना पासपोर्ट कमिसन काण्डमा पक्राउ परेर छुटेका छन । उदयपुरका दिपक कोइराला सहित अन्य ८ जना पासपोर्ट बनाउने सेवाग्राहीसँग कमिसन लिएको आरोपमा पक्राउ परेका हुन ।

निवर्तमान परराष्ट्र मन्त्री डा. नारायण खड्काको सचिवालय सदस्य दिपक कोईराला सहित अन्य ८ जना पक्राउ परेर धरौटीमा छुटेका छन । कोइराला सहितको टिमले पासपोर्ट बनाउन आउने सेवाग्राहीसँग ३ हजार ५ सय देखि ५ हजार सम्म कमिसन लिएको खुल्न आएको छ ।

पासपोर्ट बनाउन आउने ४ जना सेवाग्राहीले कमिसन लिएको जाहेरी दिए पछि घटनाको खुलासा भएको हो । नाम नबताउने सर्तमा सप्तरीका एक यादव थर गरेका ब्यक्ति पक्राउ परेपछि डा. खड्काको सचिवालय सदस्य सहितका ब्यक्ति पासपोर्ट कमिसनमा संलग्न भएको खुलासा भएको हो ।

सप्तरीका यादव थर भएका ती ब्यक्तिले प्रहरी समक्ष निवर्तमान परराष्ट्र मन्त्री डा. खडकाका सचिवालय सदस्य सहित अन्य ब्यक्ति समेत संलग्न रहेको बयान दिएपछि तथ्य खुलेको हो ।

सप्तरीका यादव सहितको टिमले पासपोर्ट बनाउन आउने सेवाग्राही सँग प्रती पासपोर्ट ३ हजार ५ सय देखि ५ हजार सम्म कमिसन लिएर डा. खड्काको सचिवालय सदस्य सँग आधाआधा बाड्ने गर्दै आएका थिए ।

पक्राउ परेका ब्यक्तिहरु सेवाग्राहीबाट लिएको ३५ हजार फिर्ता गरे पछि र डा. खड्काको दवाव पछि छुटेका हुन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।