कृषिमा आत्मनिर्भर हुने उदेश्य सहित त्रियुगा नगरपालिकाले सुरुगर्यो सानाकिसान तथा युवा उद्यमशीलता बिकास परियोजना

Logo
आइतबार, माघ १५, २०७९

उदयपुर । कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्दै गरेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनल र त्रियुगा नगरपालिका बिच कृषी तथा पशुपालन सम्बन्धि साझेदारी परियोजनामा सम्झौता भएको छ ।

आज त्रियुगा नगरपालिकामा नगरपालिका तर्फबाट नगर प्रमुख बसन्त कुमार बस्नेत, प्रमुख प्रशासकीय मान बहादुर वन र संस्थाका तर्फबाट सस्थाका अध्यक्ष दाजङ्मु शेर्पा र प्रोजेक्ट मेनेजर दिपेश पोखरेलले हस्ताक्षर गरेका हुन ।

स्थानीय साझेदार संस्था बिकास सहजी करण संजाल (डिफान)ले सहजीकरण गरेको परियोजनामा त्रियुगा नगरपालिकाका तर्फबाट ५ करोड र हेफरको तर्फबाट २ करोड १४ लाख २८ हजार ५ सय ७१ गरि ७ करोड १४ लाख २८ हजार ५ सय ७१ रुपैया लागत रहने छ ।

नगरपालिकाका वडा नं १,२,३,४,५,६,७,८,९, १३ र १५ गरि ११ वटा वडामा परियोजना संचालन हुने छ । ११ वडालाई लक्षित गरि सुरु गरिएको परियोजनामा कृषि तथा पशुपालनमा नगरपालिकालाई आत्म निर्भर बनाउदै युवा उद्यमशीलता बढाउने प्रमुख उदेश्य रहेको परियोजना प्रमुख दिपेश पोखरेलले बताए ।

साना किसानको दिगो विकासमा सघाइरहेको हेफरले बजारमा आधारित कृषि प्रणाली विकास तथा प्रवर्द्धन गरी उद्यमी किसानको विकास गर्ने लक्ष्य राखेको छ । परियोजनाको अवधी ३ बर्ष तोकिएको छ । २०७९ साल फाल्गुण १ गते देखि सुरु हुने परियोजना २०८२ साल माघको ३० गते समाप्त हुने छ । परियोजना सुरु भएको करिव दुई बर्षमा ५ हजार ६ सय २५ घर धुरीका किसानहरु लाभांवित हुने र ४ सय युवाउद्यमी हुने लक्ष्य राखिएको परियोजना प्रमुख पोखरलले जानकारी दिए ।

सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले सामाजिक शसक्तिकरण र संस्थागत सुदृढिकरण तथा दिगो उत्पादन र व्यवस्थित बजार प्रणालीलाई मुख्य आधार मानेर काम गर्दै आएको संस्था भएकोले हेफरलाई परियोजना संचालन गर्ने जिम्मा दिएको बताए ।

नगरका पछि परेका वडाहरुलाई लक्षित गरि दिगो बिकास र सामाजिक शसक्तीकरणलाई मध्यनजर गर्दै अहिले नगरका ११ वडा परियोजनमा समाबेश गरेको र परियोजनामा समाबेश नभएका वडा समेत यो परियोजनाबाट अप्रत्यक्ष रुपमा लाभान्वित हुने नगर प्रमुख बस्नेतले बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै उपप्रमुख महेश्वरी राइले परियोजनाले कृषकहरुको आर्थिक विकास र जिविकोपार्जनमा उल्लेखनीय सफलता हासिल उने बिश्वास ब्याक्त गरिन ।

हस्ताक्षर सम्झौता कार्यक्रममा वडा नं १, ३,५,६,८,९ र ११ का वडा अध्यक्ष, डिफानका अध्यक्ष सिएम गुरागाई, परियोजनाका फोकल पर्सन मदन कटुवाल उपस्थित थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।