त्रियुगा नगरपालिका वडा नं १० को वडा अध्यक्ष गोल्डकपको दोस्रो खेलमा सिराहा बिजयी

सिराहा खेलाडीले गरे ह्याटि्रक गोल
Logo
आइतबार, माघ १५, २०७९

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा शनिबारदेखि सुरु भएको प्रथम वडाध्यक्ष गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो खेलमा गोलबजार स्पोर्टस क्लव सिरहा विजयी भएको छ ।

निर्धारित ६० मिटेको खेलमा नेपाली सेनाको पशुपतिप्रसाद गण बोक्सेलाई ५–१ ले पछि पार्दै सइराहाले जित निकालेको हो । दोस्रो खेलमा ५ -१ को सोझो सेटमा जित निकालेको सिराहाले अव १८ गते सेमिफाईनल खेल खेल्नेछ ।

खेलको पहिलो हाफमा लगातार दुई गोल गर्दै अग्रता लिएको सिराहाले दोस्रो हाफमा ३ गोल गरेको हो । दोस्रो हाफमा आक्रमक सुरुवात गरेको आर्मी बोक्सेले १ गोल मात्र फर्काउन सफल भयो । खेल सुरु भएको ८ औँ मिनेटमा आर्मिका किरण मगरले खाता खोलेका थिए ।

पहिलो हाफको ८ औं मिनेटमा सिराहाका बिनु मगरले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । लगत्तै २२ औँ मिनेटमा थप एक गोल गर्दै सिराहाका सुजन पुलामीले टिमलाई २-१ को अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफको २० औं मिनेटमा आफ्नो ब्याक्तिगत दोस्रो गोल गर्दै सिराहाका सुजन पुलामीले ३-१ को अग्रता दिलाएका थिए । पहिलो गोल गरेर टिमलाई खाता खोलाएका बिनु मगरले ३७ औं मिनेट र अतिरिक्त समयको अन्तिममा गोल गर्दै खलेको नतिजा ५-१ को अन्तरमा पुर्याएका हुन ।

आफ्नो पहिलो खेलमा नै ह्याटि्रक गोल सहित ५-१ को गोल अन्तरले जित निकालेको सिराहा गोल्डकप जित्नेमा उत्साहित देखिएको छ ।

प्रतियोगिताको म्यान अफ दी म्याच आर्मीलाई ३ गोल गर्दै ह्याटि्रक गरेका बिनु मगर घोषित भए । उनलाई नगद एक हजार पाँच सयले सम्मान गरिएको आयोजक समितिका सदस्य रुपेश मगरले बताए । उनका अनुसार सोमबारको खेल आयोजक फ्युजन फुटबल क्लव बोक्से र प्रोग्रेसिभ युवा क्लव फत्तेपुर विच हुने छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।