त्रियुगा ११ का जेष्ठ नागरिकलाई सम्मान स्वरुप बिद्युतिय थर्मस बितरण

Logo
सोमबार, माघ १६, २०७९

गाईघाट । त्रियुगा नगरपालिका वडा नं. ११ ले बृद्धबृद्धालाई तातोपानी तताउने इलेक्ट्रीक थर्मस वितरण गरेको छ । वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि वडामा सामाजिक सुरक्षा भत्ता लिदै आएकाहरुलाई तातोपानी तताउने इलेक्ट्रीक थर्मस वितरण गरेको हो ।

एका घरका दुई जेष्ठ नागरिक वा सामाजिक सुरक्षा भत्ता लिने भएमा उनिहरुको रोजाईमा थर्मस नलानेहरुलाई न्यानो कपडा स्वरुप बलाङकेट बितरण गरिएको वडा अध्यक्ष सुमन्त कोईरालाले जानकारी दिए ।

वडा अध्यक्ष कोईरालाका अनुसार वडाबाट सामाजिक सुरक्षा भत्तालिने ६ सय २९ जना रहेका छन । त्यसमा जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग लगायत सवै सामाजिक सुरक्षा भत्ता लिने रहेका छन ।

जेष्ठ नागरिकलाई सम्मान कार्यक्रममा वडा अध्यक्ष कोईरालाले जेष्ठ नागरिकहरु समाजका ऐना भएको उल्लेख गर्दै वडाले समय अनुसार उहाँहरुको सम्मान गर्ने बताए । उनले भने, “अहिले तातोपानी तताउने इलेक्ट्रोनिक थर्मस र बलाङकेट बितरण गरियो अब समय अनुसार स्वास्थ्य शिविर र अन्य सम्मानका कार्यक्रम ल्याइने छ ।”

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]