त्रियुगा वडा नं १० गोल्डकप : फत्तेपुरलाई हराउदै आयोजक बोक्से सेमिफाइनल प्रवेश

Logo
सोमबार, माघ १६, २०७९

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा शनिबारदेखि सुरु भएको प्रथम वडाध्यक्ष गोल्डकप फुटवल प्रतियोगिताको तेस्रो खेलमा अयोजक फ्युजन फुटबल क्लव विजयी भएको छ ।

निर्धारित ६० मिटेको खेलमा प्रोग्रेसिभ युवा क्लव फत्तेपुरलाई २–१ ले पछि पार्दै आयोजक बोक्सेले जित निकालेको हो । तेस्रो खेलमा २-१ को जित निकालेको आयोजकले अव १८ गते गोल बजार स्पोर्ट्स क्लव सँग सेमिफाईनल खेल खेल्नेछ ।

खेलको पहिलो हाफको २६ औं मिनेटमा उमेश कार्कीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई १ -० को अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट पछि प्रोग्रेसिभ युवा क्लव फत्तेपुरका निरज चौधरीले १ गोल गरेर खेललाई बराबरीको स्थितिमा पुर्याएका थिए ।

खेलको दोस्रो हाफको ८ औं मिनेटमा रमेश राजबंशीले गोल गर्दै २-१ को अग्रता दिलाए । प्रतियोगिताको म्यान अफ दी म्याच रमेश राजबंशी घोषित भएका छन । उनलाई नगद एक हजार पाँच सयले सम्मान गरिएको आयोजक समितिका सदस्य रुपेश मगरले बताए ।

मगरका अनुसार मंगलबारको खेल गाईघाट फुटबल क्लव र एपीएफ पूर्वाञ्चल सुनसरी विच हुने छ । यस खेलको बिजेता १९ गते पहिलो खेलको बिजेता कटारी फुटबल क्लव सँग सेमिफाइनल खेल्ने छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।