उदयपुर बिकास बोर्ड बैठकमा उपसभामुख रानालाई स्वागत

Logo
बुधबार, माघ १८, २०७९

उदयपुर । प्रतिनिधि सभाका उप सभामुख इन्दिरा राना मगर र प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारलाई त्रियुगा नगरपालिकाले स्वागत गरेको छ । उदयपुर बिकाश बोर्ड बैठकको अवसरमा बिकास बोर्डका अध्यक्ष समेत रहेका त्रियुगा नगरपालिका प्रमुख बसन्त कुमार बस्नेत सहितको बिकास बोर्ड टिमले उप सभामुख द्वयलाई स्वागत गरेको हो ।

बिकास बोर्ड बैठक तथा स्वागत कार्यक्रममा बोल्दै उप सभामुख मगरले विकास समृद्धिको कुरा गर्दा अधिकारको कुरालाई विर्सन नहुने जिकिर गरिन । आफु कुनै दल विशेषको नभइ निश्पक्ष र स्वतन्त्रपूर्वक संविधानले दिएको आफ्नो काम, कर्तव्य र अधिकारप्रयोग गरेर अगाडी बढ्ने उल्लेख गरिन ।

उप भनेको चुप हो, जस्ता उखानहरुलाई वेवास्ता गर्दै देशैभरका उपसभामुख र पालिका उपप्रमुखहरुलाई प्रोत्साहन, हौसल्लाह दिँदै जाने बताइन् । आफू उदयपुरको बारेमा जानकार भएकोले उदयपुरको बिकासमा जोड दिएर लाग्ने उनको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बिकास बोर्डका अध्यक्ष तथा त्रियुगा नगरपालिका प्रमुख वसन्त बस्नेतले समग्र जिल्लाको विकासको रुपरेखा प्रस्तुत गर्दै सडक, विद्युत, सिचाई र पर्यटन प्रवद्र्धनमा जोड दिने बताए । समग्र जिल्लाको बिकास भए पालिकाहरुको बिकास त्यसैमा जोडिएर आउने उल्लेख गर्दै अध्यक्ष बस्नेतले राज्यले समग्र जिल्लालाई एक ठाउँ राखेर बिकास गर्नु पर्ने धारणा ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।