नेविसंघ उदयपुको बन्यो ३१ सस्यीय जिल्ला कार्यसमिति

Logo
बुधबार, माघ १८, २०७९

उदयपुर । नेपाल विद्यार्थी संघ (नेविसंघ) उदयपुरले जिल्ला कार्यसमितिको विस्तार गरेको छ । नेविसंघ उदयपुरका अध्यक्ष रोशन कार्कीको अध्यक्षता बसेको बैठकले नेविसंघ जिल्ला कार्यसमितीको विस्तार गरेको हो ।

नेविसंघ केन्द्रीय कार्यसमितिले पुस ९ गते अध्यक्षको जिम्मेवारी रोशन कार्कीलाई दिएको थियो । अध्यक्षको जिम्मेवारी पाएको एक महिना पछि अध्यक्ष कार्कीले कार्यसमितिलाई विस्तार गरेका हुन ।

अध्यक्षमा कार्की सहित ३१ सदस्यीय जिल्ला कार्यसमिति बनेको छ । बनेको नयाँ जिल्ला कार्यसमितिमा उपाध्यक्ष आसन दाहाल र बिबस राई रहेका छन भने रुपेश दनुवारलाई सचिवको जिम्मेवारी दिइएको छ ।

यस्तै सह सचिवमा रमेश राउत र कोषाध्यक्षको जिम्मेवारी मिलन दनुवारलाई दिइएको अध्यक्ष कार्कीले जानकारी दिएका छन । निवर्तमान नेविसंघ अध्यक्ष सन्तोष कोईराला पार्टीका पदाधिकारी सहितको बैठकले नेविसंघलाई विस्तार गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले लामो समयपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरेपछि नेविसंघ उदयपुरले पनि स्ववियु निर्वाचनमा शसक्त भएर निर्वाचनमा भाग लिने अध्यक्ष कार्कीले बताए ।

नोट : जिल्ला कार्यसमिति विस्तार हुन पर्नेमा पूर्णता हुन गएकोमा सच्याइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry