त्रियुगा वडा नं १० गोल्डकप : सेमिफाइनल खेलको पहिलो खेलमा आयोजक बिजयी

Logo
बुधबार, माघ १८, २०७९

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा जारी प्रथम वडाध्यक्ष गोल्डकप फुटवल प्रतियोगिताको सेमिफ़ाइनलको पहिलो खेलमा फ्युजन फुटवल क्लव बोक्से बिजयी भएको छ । निर्धारित ६० मिटेको खेलमा गोल बजार स्पोर्टस क्लवलाई ५ -०  ले पछि पार्दै आयोजक बोक्सेले जित निकालेको हो । यो संगै आयोजक बोक्से फाइनल प्रवेश गरेको छ।

खेलको पहिलो हाफमा ३-० को गो अन्तरले पछि परेको गोल बजार स्पोर्टस क्लवले खेलको निर्धारित समय सम्म एक गोल पनि गर्न सकेन। सुरुवात देखीनै दवावमा राखेको आयोजकले पहिलो हाफको ११ औं मिनेटमा प्रविन श्रेष्ठले गोल गर्दै टिमको खाता खोलेका थिए।

प्रविनले गरेको १ गोल पछि झन उत्साहित बनेको आयोजकले पहिलो हाफको २३ औं र ३१ औं मिनटमा दिपक मगरले २ गोल गर्दै टिमको अग्रता ३-० पुर्याएका थिए।

दोस्रो हाफको ७ औं र ११ औं मिनेटमा सुनिल खड्काले २ गोल गर्दै खेललाई ५-० को अन्तरमा पुर्याए। निर्धारित समयमा एक गोल पनि गर्न नसक्दा गोल बजार स्पोर्टस क्लवले ५-० को फराकिलो अन्तरमा आयोजकलाई नतिजा सुम्पिनु परेको हो।

प्रतियोगिताको म्यान अफ दी म्याच आयोजक टिमका गोल किपर प्रमिज्य गक्षदार घोषित भए । उनलाई नगद एक हजार पाँच सयले सम्मान गरिएको आयोजक समितिका सदस्य रुपेश मगरले बताए

समूह चरणको खेलमा नेपाली सेनाको पशुपतिप्रसाद गण बोक्सेलाई ५–१ को फराकिलो अन्तरमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको थियो भने प्रोग्रेसिभ युवा क्लव फत्तेपुरलाई २–१ ले हराउदै आयोजक बोक्से सेमिफाइनल प्रवेश गरेको थियो।

भोली हुने खेलमा गाईघाट फुटबल क्लव गाईघाट र कटारी फुटबल क्लवले प्रतिस्पर्धा गर्ने छन्। यो खेलको बिजेताले फाइनलमा आयोजक बोक्से संग २१ गते प्रतिस्पर्धा गर्ने छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]