गरिव अपांग र आयअर्जन गर्न नसक्ने त्रियुगा १ का जनतालाई न्यानो कपडा, झुल र साइकल वितरण

Logo
बिहिबार, माघ १९, २०७९

उदयपुर । त्रियुगा नगरपालिका वडा नं १ ले वडामा रहेका एकल पुरुष, पीडित महिला, शारीरिक रुपमा अपांग र टुहुराटुहुरी वालवालिकालाई झुल उपलब्ध गराएको छ ।

जनतासँग वडा अध्यक्ष कार्यक्रम मार्फत वडामा रहेका सामाजिक सुरक्षा भत्ता तथा यस अघि वडाबाट कुनै सेवा सुविधा नलिएकाहरुलाई सुपानेट झुल उपलब्ध गराएको हो ।

वडामा भएका १९ टोल बिकास संस्थाका प्रत्यक टोलबाट कम्तिमा ६ जनाका दरले बृद्धबृद्धाहरुलाई मेडिकलबाट मान्यता प्राप्त झुल वितरण गरिएको हो ।

यस्तै वडा रहेका अपांगहरुलाई न्यानो कपडा तथा साइकल बितरण गरिएको छ । सामाजिक सुरक्षाभत्ता लिनबाट बञ्चित अथवा सुरक्षाभत्ता लिन मापदण्ड पूरा नभएकाहरुलाई न्यानो कपडा र साइकल वितरण गरिएको हो ।

स्थानीय सरकारबाट अपांगहरुलाई पहिचान गर्न दिइएको सामाजिक सुरक्षा भत्ता कार्ड लिएर सामाजिक सुरक्षा भत्ता पाउदै गरेका बाहेक आर्थिक आयआर्जन गर्न असमर्थहरु पहेलो र सेतो कार्ड पाउनेहरुलाई न्यानो कपडा र साइकल वितरण गरिएको हो ।

यस अघि वडाले सामाजिक सुरक्षाभत्ता लिदै आएकाहरुलाई न्यानो कपडा स्वरुप सिरक डस्ना बितरण गरिसकेको वडा अध्यक्ष मनोज कुमार चौधरीले बताए । “हामीले यस अघि सामाजिक सुरक्षा भत्ता लिनेहरुलाई सम्मान स्वरुप सिरक डस्ना वितरण गरिसकेका छौ ।” उनले भने, “अहिले यस अघि पाएकाहरुलाई नदोहोरिने गरि मापदण्ड बनाएर सामाजिक सुरक्षा भत्ताबाट बञ्चित रहेकाहरुलाई सम्मान गरिएको हो ।”

कार्यक्रमलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिका प्रमुख वसन्त कुमार बस्नेतले नगरपालिका सदैव नागरिकसँग नजिक रहेको स्पष्ट पारे । नगरपालिकाले नागरिकका समस्याहरुलाई दीर्घकालीन रुपमा समाधान गर्न विभिन्न आयोजनाहरु तयार पारेर अगाडि बढेको उल्लेख गरे ।

गरिव विपन्न र भुमीहिनहरुका लागि घरजग्गाको व्यवस्था गरेर दिन लागिएको र कृषकहरुलाई व्यावसायिक बनाएर लैजान करोडौंको बजेटको व्यवस्था गरि नगरवासीहरुलाई उद्यमी बनाउदै रोजगारीको सिर्जना गरिने मेयर बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]