त्रियुगा १० वडाअध्यक्ष गोल्डकप : फाइनलमा आयोजक र गाईघाट भिड्ने

Logo
बिहिबार, माघ १९, २०७९

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा जारी प्रथम वडाध्यक्ष गोल्डकप फुटवल प्रतियोगिताको सेमिफ़ाइनलको दोस्रो खेलमा गाईघाट फुटवल क्लव बिजयी भएको छ । निर्धारित ६० मिटेको खेलमा कटारी फुटबल क्लवलाई २-१ ले पछि पार्दै गाईघाटले जित निकालेको हो । यो संगै गाईघाट फाइनल प्रवेश गरेको छ।

खेलको पहिलो हाफ १-१ गोलको बराबरीमा टुङ्गीएको थियो । खेलको पहिलो हाफको १४ औं मिनेटमा प्रताप राईले एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । १-० को अन्तरले पछि परे पछि आक्रमक खेल खेलेको गाईघाटले १८ औं मिनेटमा युवराज थापाले गोल गर्दै टिमलाई बराबरमा पुर्याएका थिए ।

दोस्रो हाफ पछि प्रतिस्पर्धात्मक बनेको खेलमा गाईघाटका विवेक चौधरीले ५२ औं मिनेटमा गोल गर्दै टिमलाई २-१ को अन्तरले अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा कटारीले कुनै पनि गोल गर्न नसक्दा २-१ अन्तरले नतिजा सुम्पिनु परेको हो । प्रतियोगिताको म्यान अफ दी म्याच कटारीका प्रताप राई घोषित भए । उनलाई नगद एक हजार पाँच सयले सम्मान गरिएको आयोजक समितिका सदस्य रुपेश मगरले बताए

२१ गते हुने फाइनल खेलमा आयोजक फ्युजन क्लव बोक्से र गाईघाट फुटबल क्लव विच प्रतिस्पर्धा हुने भएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।