उदयपुरको मोतीगडामा भेटियो प्राचीनकालिन महत्वका भग्नावशेष

नगरक्षेत्रमा भेटिएका प्राचीनकालिन भग्नावशेषको संरक्षणमा जुट्यो त्रियुगा नगर
Logo
शुक्रबार, माघ २०, २०७९

उदयपुर । पुरातत्व विभागले उत्खनन् गरि रहेको उदयपुरको मोतिगडामा ऐतिहासिक अवशेषहरु फेला परिरहेका छन । त्रियुगा जनता बहुमुखी क्याम्पस परिसरमा ऐतिहासिक दरवार सहित ऐतिहासिक अवशेषहरु फेलापरेका हुन ।

पुरातत्व विभागका पुरातत्व विद देवेन्द्रनाथ तिवारी नेतृत्वको टोलीले एक हप्ता देखी सो ठाउँको उत्खनन गरिरहेको छ । उत्खननको क्रममा प्राचिन कालिन भग्नावशेष सामाग्री मूर्तिका टुक्रा फेला परेको हो । दरबारको क्षेत्रको पुरानो इटाले बनेको गारो पनि फेला परेको छ ।

विभाग बाट आएको पुरातत्त्वविदको टोलीले उत्खननमा भेटिएका सामग्रीलाई संरक्षण गरि राखेको छ । “उत्खनन गर्दा ऐतिहासिक प्राचीन कालिन विभिन्न मुर्ति पाइएको छ ।” पुरातत्वविद प्रकाश दर्नालले भने, “कुनै राजाको दरवार अथवा ऐतिहासिक मन्दिर पनि हुन सक्छ, अहिले यहाँ फेला परेका भग्नावशेषबाट यही समयको भनेर एकिन गर्न सकिने कुनै चिज भेटिएको छैन, तर अनुसन्धान पछि पत्ता लाग्छ ।”

उत्खननका क्रममा भेटिएको संरचना हेर्दा ठुला राजाको दरवार र नजिक नजिक पहरेदारका लागि राखिएका पोष्ट जस्तो देखिन्छ । अहिले उत्खनन टोलिले १० मिटर लम्वाई र १२ मिटर चौडाई रहेको झन्डै ३ फिट चौडा इटाको गारो भएको दरवार जस्तो ठाउँमा उत्खनन गरिरहेको छ । त्यसको छेउमा चारै पटि साना साना सुरक्षा पोष्ट जस्ता ठाउँ पाइएको पुरातत्त्व विद तिवारीले बताए ।

पुरातत्वविद तिवारीका अनुसार करीब एक साताको अवधिमा गरिएको उत्खनन/परीक्षणका क्रममा माटोका भाँडाका टुक्रा, माटोका भाँचिएका हात्ती घोडाका मुर्तीका टुक्रा, प्राचीनकालिन ढुँगामा कुदेर बनाइएका मुर्तिका टुक्राका अवशेषहरु भेटिएका छन ।

स्थानीय बुढापाका र थारु समुदायमा मोतिगडालाई मुढगडा भन्ने गरेको कथन छ । थारु समुदायको कथन अनुसार जुवा खेल्ने क्रममा शाही राजा र सरस्वती रानी विच भएको बाजीमा रानीले जुवा जितेपछि राजाको टाउको काटेपछि यस ठाउँलाई मुढगडा नामाकरण भएको थियो । मोतिगडा बाट परिवर्तन हुँदै अहिले यस ठाउँलाई मोतिगडा भन्न थालिएको स्थानीय बुढापाकाको भनाई छ ।

उत्खनन स्थलको अनुगमन गर्दै त्रियुगा नगरपालिका प्रमुख वसन्त कुमार बस्नेतले उत्खनन स्थललाई संरक्षण गरि पर्यटन प्रबर्द्धन गरिने बताए । उत्खनन स्थललाई संरक्षण गर्न चुनौती रहेको उल्लेख गर्दै नगर प्रमुख बस्नेतले जिल्लाका सवै निकाय सँग समन्वय गरेर संरक्षणमा लाग्ने र अनुसन्धान गरि ऐतिहासिक महत्वको पहिचान गरिने जानकारी दिए ।

उत्खनन स्थलमा भेटिएका ऐतिहासिक अवशेषको निरिक्षण गर्दै नगर प्रमुख बस्नेत, तस्वीर : खेमराज दाहाल (सोलुसनखवर)

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।