कर्मचारी युनियन त्रियुगामा श्याम सुन्दास

जिल्ला कमिटिले पनि पायो पूर्णता
Logo
शुक्रबार, माघ २७, २०७९

गाईघाट।  कर्मचारी युनियन उदयपुरले त्रियुगा नगरपालिकाको अध्यक्षमा श्याम सुन्दासको अध्यक्षतामा नगर कमिटि पुनर्गठन गरिएको छ । कर्मचारी युनियन उदयपुरको बैठकले सुन्दासको नेतृत्वमा नगर कार्यसमितिको पुनर्गठन गरेको हो।

नयाँ बनेको नगर कार्यसमितिमा अध्यक्ष सुन्दास सहित उपाध्यक्षमा रमेश चन्द्र ढुंगाना, उपेन्द्र कार्की सचिवमा, गोबिन्द राज कोराला सहसचिव र कोषाध्यक्षमा सिर्जना गुरागाईं रहेका छन ।

१७ सदस्यीय नगर कार्यसमितिमा कृष्ण काफ्ले, ज्ञानुरमा भट्टराई,मिन बहादुर थापा, धर्मेन्द्र रेग्मी, वीर बहादुर दनुवार, उषा चौधरी, अञ्जना कार्की, देवेन्द्र खत्री, सोम बहादुर दनुवार, अम्बिका चौधरी, अन्नपूर्ण रसाइली र कविता दाहाल रहेका छन।

त्रियुगा नगर कमिटिको नयाँ समितिको पुनर्गठन गर्दै जिल्ला कमिटि अध्यक्ष भगवती खतिवडाले जिल्लाका आठै पालिकामा कार्यरत युनियनमा आबद्ध कर्मचारीहरुलाई समेटेर समिति पुनर्गठन गरिने बताइन।

जिल्ला कमिटिले पनि पायो पूर्णता  

बैठकले जिल्ला कमिटीलाई पनि  पूर्णता दिएको छ।  समितिमा रिक्त रहेको जिल्ला कोषाध्यक्षको पदमा मोहन घिमिरे लाई मनोनयन गरेको छ भने, भने जिल्ला कार्यसमिति सदस्यमा प्रतिमा सिलवाल र  निरु कार्कीलाई जिल्ला कार्यसमितिमा मनोनयन गरेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]