नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती उदयपुरको नयाँ नेतृत्व चयन, अध्यक्षमा राउत सर्वसम्मत

Logo
आइतबार, माघ २९, २०७९

गाईघाट । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती उदयपुरको  नयाँ नेतृत्व चयन गरिएको छ । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती उदयपुरमा रित कुमार राउतको अध्यक्षतामा २० जनाको नयाँ कार्यसमिति चयन भएको हो ।

अध्यक्ष राउत सहित उपाध्यक्षमा तिलक नेपाली, बिवेक आचार्य, महिला उपाध्यक्षमा ज्योति राई, सचिवमा लक्ष्मण दनुवार, सहसचिवमा चुडामणी थापा, कोषाध्यक्षमा पारु फुँयाल सर्वसम्मत चयन भएका हुन ।

सदस्यहरुमा हिमाल दनुवार, विष्णु तामाङ्ग, रेवत कार्की, ज्ञानेन्द्र राई, होम वहादुर मगर, पारु राई, पार्वता घिमिरे, सन्दीप राई परमनन्द राजधामी, लोक बहादुर राई, सन्जु राई, ममता ठकुरी र सुरज राई चयन भएका छन  ।

 

शनिवार गाईघाट स्थित कन्चनजंघा होटलमा भएको पाँचौ जिल्ला अधिवेशनबाट समिति चयन गरिएको हो । अधिवेशनमा नेपाल राष्ट्रिय कर्मचारी संगठनमा आवद्ध बिभिन्न तहका कर्मचारीहरुको सहभागी रहेका थिए । नेकपा माओवादी केन्द्र पोलिव्युरो सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज एंव पूर्व सांसद सुरेश कुमार राईको प्रमुख आथित्यतामा अधिवेशन भएको सम्पन्न भएको हो  ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]