‘नेपाल शिक्षक संघ’ उदयपुरको कार्यालयमा ताला, बिधिविद्यान बाहिर गएर अधिवेशन गरेको आरोप

Logo
शनिबार, फाल्गुण २७, २०७९

उदयपुर।  नेपाल शिक्षक संघ उदयपुरको कार्यलयमा ताला लागेको छ । शुक्रबार आयोजित संघको ९ औँ अधिवेशनमा संस्थापन पक्षले अधिवेशनको प्रक्रिया पुरा नगरी मनोमानी ढंगबाट अगाडी बढेको भन्दै असन्तुष्ट पक्षले संघको कार्यालयमा तालाबन्दी गरेका हुन्।

संस्थापन पक्षले पूर्वाग्रही ढंगबाट अधिवेशनको प्रक्रिया पुरा नगरी निर्वाचनको प्रक्रिया सुरु गरेको र आफ्ना मागहरु सुनुवाई नभएको आरोप लगाउँदै ताला लगाएको अध्यक्षको प्रत्यासी समेत रहेका राम वहादुर राउतले जनाए ।

अधिवेशनका क्रममा गणपुरक संख्या नपुगी मनोमानी ढंगबाट साधारण सभा (उद्घाटन सत्र) गरेको र बन्द सत्र गरि संगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरि छलफल गरिनु पर्नेमा सिधै निर्वाचनको प्रक्रियामा गएका कारण कार्यालयमा तालाबन्दी गर्नु परेको राउतले बताए ।

‘प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ एउटा प्राज्ञिक संस्था भएकाले पनि यस संस्थाको साधारण सभा तथा अधिबेशनमा गम्भीर भएर संघठनको बिषयमा छलफल गरोनु पर्ने र लोकतान्त्रिक तवरबाट अधिबेशन हुनु पर्नेमा मनोमानी ढंगबाट बिधि र पद्धतीबाट स्खलित भइ गरिएको अधिबेशनमा हाम्रो गंभीर आपत्ति छ।’ असन्तुष्ट पक्षले तालाबन्दी गर्ने क्रममा प्रेस बिज्ञप्ति टांस गर्दै बिज्ञप्तिमा भनेको छ।

अधिबेशनमा उद्घाटन सत्र पछि बन्दसत्र हुन पर्नेमा सिधै निर्वाचन प्रक्रियामा लगि गुपचुप ढंगबाट अधिबेशन गर्ने बदनियतका साथ निर्वाचन कार्यतालिका समेत आफु अनुकुल हेरफेर गर्दै अधिबेशन गर्न अगाडी बढेकोले अहिलेको अवस्था आएको अध्यक्ष, उपाध्यक्ष र सचिवका उम्मेद्वार द्वारा जारि बिज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।