मजदुरको सम्मान नगरे राष्ट्र समृद्ध बन्न सक्दैन : अध्यक्ष थापा

Logo
आइतबार, चैत्र १२, २०७९

नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धब थापाले कांग्रेसले मजदुर हरुलाई बिर्सदै गएको प्रति दु:ख व्यक्त गर्नु भएको छ । नेपाल यातायात मजदुर संघ कोशी प्रदेशको चौथो अधिबेशनमा शुभकामना मन्त्यब्य राख्दै सभापति थापाले कांग्रेसले मजदुरहरुलाई बिर्सदै गएको प्रति दु:ख ब्यक्त गर्दै कांग्रेसले बिर्सेको भए पनि मजदुरहरुले कांग्रेसलाई नविर्सिएको धारणा व्यक्त गर्नु भयो ।

कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहनु भएका थापाले मजदुरको सम्मान भए मात्र राज्य समृद्धिको बाटोमा अगाडी बढ्ने बताउनु भयो  । उहाँले कांग्रेसले मजदुर मात्र नभएर आफ्नो इतिहाँस र कांग्रेसको ध्यय समेत बिर्सिएकाले कांग्रेस पछि परेको बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस उदयपुर जिल्ला सभापति तथा संसदीय दलका उपनेता हिमाल कार्की, त्रियुगा नगरपालिका नगर प्रमुख लगायत ट्रेड युनियन कांग्रेसका केन्द्रिय प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । चौथो अधिबेशनले पूर्ण कुमार प्रधानको अध्यक्षतामा ११ सदस्य कार्यसमिति सर्व सम्मत चयन गरेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।