बेलकामा ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

Logo
मंगलबार, चैत्र २१, २०७९

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा ५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । नगर क्षेत्रका सबै वडामा कम्तिमा एक जना पत्रकार उत्पादन गर्ने उदेश्यकासाथ नगरपालिकाको सहयोगमा बेलका मिडिया प्रालिले तालिमको आयोजना गरेको हो ।

स्थानीय वरपिपल माध्यमिक बिद्यालयको सभाहलमा आयोजित तालिममा नगरपालिकाका ९ वटै वडाका तीस जना युवाहरुको उपस्थिति रहेको आयोजक संस्थाका अध्यक्ष भरत घिमिरेले बताए ।

“बिकास सुशासन र समृद्धिका लागि संचार” भन्ने मुलनाराकासाथ आयोजित तालिमको सहजिकरण नेपाल पत्रकार महासंघ उदयपुर शाखाका अध्यक्ष भरत खड्का, पत्रकार हिमाल दाहाल र रञ्जना पौड्ेलले गरेको उनले बताए ।

तालिमको मंगलबार समापन गर्दै बेलका नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रामप्रसाद वाग्लेले नगरका सबै वडामा सञ्चार क्षेत्रको वलियो उपस्थिति जनाउन तालिमले सहयोग पुग्ने बताए ।

उनले गाउँघरमा भएका सवाल उठान र निरन्तर खवरदारी गर्नका लागि सञ्चारकर्मीको ठुलो भुमिका हुने भएकाले कसैको प्रभाव, डरत्रासमा नपरी निडर भएर कलम चलाउन आग्रह गरे । वाग्लेले पत्रकारितामा गुणस्तरियता खोजि भईरहँदा लगानी र क्षमताबृद्धीमा ध्यान नपुग्नु दुःखद भएको बताए ।

त्यस्तै वडानं ८ का अध्यक्ष तथा कार्यवाहक मेयर जयकुमार राइले पत्रकारिता पेसालाई अमर्यादित बनाउन केहि संकुचित सोच भएकाहरुको हावी वढ्दै गएको बताए । उनले देश र समाज निर्माणको बलियो आधार भनेकै सञ्चार जगत भएकाले यसको बृद्धीविकासमा सबैको साथसहयोग रहनु पर्ने धारणा व्यक्त गरे ।

महासंघका अध्यक्ष भरत खड्काले तालिम आफैमा सिपविकास र नयाँ अनुभवको थालनी भएकाले भरपुर उपयोग गर्न आग्रह गरे । उनले पछिल्लो समय पत्रकारिता क्षेत्र प्रति युवाहरुको आकर्षण बढ्दै गएकाले उनीहरुलाई पेसामा टिकाई राख्न महासंघले भूमिका निर्वाह गर्ने बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।