बाबुको ठेगान नभएका बच्चालाई मामलीको थरमा जन्मदर्ता गर्न सर्कुलर

Logo
बिहिबार, चैत्र २३, २०७९

उदयपुर। एकल महिलाबाट जन्मेका र बाबुको ठेगान नभएका बच्चाको जन्मदर्ता गर्न गृह मन्त्रालयले देशभरका स्थानीय तहमा सर्कुलर गरेको छ।

राष्ट्रिय परिचयपत्र विभाग तथा पञ्जीकरण विभागले अबदेखि त्यस्ता बच्चाको जन्मदर्ता गर्ने विषयमा दोहोरो दर्ता नहुने गरी दर्ता गर्न सर्कुलर गरेको हो।

अबदेखि त्यस्ता बच्चाको जन्मदर्ता मामलीको थरमा हुने भएको छ। विवाह अघि जन्म भएको तर पिताको ठेगान नभएका बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिन भनिएको छ।

विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएका बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर र ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गरिदिन भनिएको छ।

तर पछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा पहिलेको जन्मदर्ता रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता गरिने भएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]