मालबाहक ट्रकको ठक्करबाट गाईघाटमा एकको मृत्यु

Logo
आइतबार, चैत्र २६, २०७९

उदयपुर । उदयपुरको मदनभण्डारी लोकमार्ग अन्तरगत त्रियुगा नगरपालिका ११ स्थित मुख्यचोक नजिकै ट्रकको ठक्करबाट एकको मृत्युु भएको छ । ट्रकको ठक्करबाट मृत्यु हुँनेमा त्रियुगा नगरपालिका वडा नम्बर १४ स्थित साउनेका अन्दाजी ४५ बर्षिय तारिणी थापा मगर रहेका छन ।

आईतबार बिहान करिव पौने ६ बजेको समयमा मदनभण्डारी लोकमार्गमा पर्ने गाईघाट बजारको मुख्यचोक नजिकै पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको मे १ ख २१४८ नं को मालबाहक ट्रकले प्र.नं.१–०५–००१ प.६१५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घट्ना स्थलमै मृत्यु भएको हो ।

मोटरसाईकललाई ठक्कर दिने ट्रक ड्राइभर र ट्रक प्रहरीले अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुर लगेको छ । मृतक थापा त्रियुगा नगर कार्यपालिका सदस्य रेखा थापा मगरका श्रीमान हुन ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]