रौतामाईमा एमालेको मिसनग्रासरुट ‘५० किमी म्याराथुन’

Logo
मंगलबार, चैत्र २८, २०७९

उदयपुर । नेकपा एमालेले उदयपुरको रौतामाई गाउँपालिकामा मिसनग्रासरुढ अभियानको रफ्तारलाई तिव्रता दिएको छ । ‘गठबन्धनको घेरा तोड्न हिडेर हैन् दौडिनु पर्ने’ सन्देश प्रवाह गर्दै एमालेले अभियानको रफ्तारलाई फरक ढंगले अघि बढाएको हो ।

टोलबस्तिसम्म अभियान लिएर पुगेको एमालेले सोमबार दोश्रो गिनिजीवुक अफ वल्र्डरेकर्डको तयारी गरिरहेका दुई युवालाई वडानं ७ मुर्कुचीबजारबाट ५० किलोमिटरको म्याराथुनमा सहभागि गराएको अभियानमा कोशी प्रदेश कमिटीबाट खटिएका युवा नेता भागवत राउतले बताए ।

वल्र्डरेकर्ड राख्न भारतको गोरखपुरबाट दैनिक ५० किलोमिटर दौडिने गरेका जाजरकोटका २३ बर्षिय अमृत बस्नेत र भारतको मुम्वईका २८ बर्षिय विशाख कृष्ण स्वामीले ग्रासरुट अभियानलाई सघाउ पुर्याउन एमालेको सुर्य चिन्ह अंकित झण्डा छाती र ढाठमा टाँसेर दौडिएका थिए ।

उनीहरुलाई अभियानका सदस्य प्रदेश कमिटी सदस्य राउत, जिल्ला कमिटी सदस्य टामिन्द्र राई, गजेन्द्रबहादुर खड्का, हेमकुमार मगर, हेम खड्का, गाउँपालिका कमिटी अध्यक्ष केशव राई लगायतले स्वागत गरेका थिए ।

उनीहरुलाई स्वागत गर्दै राउतले रौतामाईबाट ‘मिसन ग्रासरुट ५० किलोमिटर दौड सुरु गरि फरक ढंगले सन्देश प्रवाह गरिएको बताए । उनले भने, ‘यतिबेला एमालेलाई दश दलिय गठबन्धन मात्र नभई देशविदेशबाटसमेत घेरा बन्दि छ, त्यसलाई तोड्न हिडेर नभई दौडेर मात्र सम्भव छ भन्ने सन्देश प्रवाह गरेका हौ ।’

अभियान आफैमा जनता र कार्यकर्तासँग घुलमिल, भेटघाट, पुरानो सम्बन्ध कायम, संगठन निर्माण, पुर्ननिर्माण, शुद्धिकरण, प्रशिक्षण, सदस्यता विस्तार, नविकरण, विकास निर्माणका बिषयमा छलफलको अवसर भएकाले यसको रफ्तारलाई अझ मजवुद र तिव्र बनाउन ५० किलोमिटर दौडले सहयोग पुग्ने उनले बताए ।

राउतले अभियानको पहिलो र दोश्रोचरणको कार्यक्रम सम्पन्न भईसकेकाले तेश्रोचरण सुरु गर्नु अगाडी प्रभावकारिता बारे समिक्षा गरिने बताए । पार्टीका पालिका कमिटी अध्यक्ष राईले पहिलोचरणमा पालिका स्तरीय भेला, बैठक सम्पन्न भएको दोश्रोचरणमा वडागत र गाउँटोल स्तरीय भेला सम्पन्न भएको बताए ।

अभियानमा साथ दिन पुगेका वल्र्डरेकर्डर बस्नेतले १४ दिनअघि सुरु भएको दौड हालसम्म ७ सय ५० किलोमिटर सम्पन्न भएको बताए । उनले २३ दिनमा एक हजार १५० किलोमिटर यात्रा गरिसक्ने लक्ष्यकासाथ म्याराथुनमा जनकपुर, सिन्धुली हुँदै काठमाण्डौँको बौद्ध, स्वयंम्भु स्तुपाबाट पशुपतिनाथ पुगि सम्पन्न हुने बताए ।

यसअघि बस्नेतले भारतको दिल्लीबाट खालीखुट्टाले एक हजार एक सय किलोमिटर पैदलयात्रा गरेका थिए भने स्वामीले दैनिक ४२.१९५ किलोमिटरको ६२ दिनसम्म फुलम्याराथुन गरी विश्वरेकर्ड राखेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।