उदयपुर । नेकपा एमाले उदयपुरले ‘मिसन ग्रासरुट’ अभियानमा पार्टी निर्माण सम्बन्धि २० वटा महत्वपूर्ण कामहरु भएको दावि गरेको छ ।
प्रेस चौतारी नेपाल उदयपुरले सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकारसँग मिसन ग्रासरुट अभियान अन्तरसंवाद कार्यक्रममा जिल्लाका ८ वटा स्थानीय तहका ७५ वडामा अभियान लक्षित कार्यक्रमहरु सम्पन्न भएको बताईएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष परमेश्वर घिमिरेलेले अभियानमा जिल्लाभर खटिएका १५ हजार संगठित कार्यकर्ताले ६ सय ९० वटा टोलकमिटी गठन तथा परिचालन गरेको बताए ।
अभियानका क्रममा वडासम्म व्यवस्थित कार्यालय, व्यवस्थित संरचना, प्रशिक्षित कार्यकर्ता उत्साहित जनप्रतिनिधि, व्यवस्थिति संगठन, पार्टी प्रवेश अभियानको तिव्रता र आकर्षणका कामहरु भएको उनले बताए ।
त्यसैगरी जेष्ठनागरिक सम्मान, समुदाय र सामुदायिक क्षेत्रमा एमाले, जनताको सुख दुखको साथी नेकपा एमाले, कम्युनिष्ट आचारण र श्रमको सम्मान, निर्वाचनमा गरिएका प्रवद्धतालाई सुनवाईका कामहरु अभियानसँग जोडेर सम्पन्न भएको उनले बताए ।
अध्यक्ष घिमिरेका अनुसार अभियानमा गठबन्धन सरकारले गरेका जनविरोधी कार्यको भण्डाफोर, सुद्धिकरण, नयाँ सदस्यता विस्तार, नविकरण, विकासका सवाल, समिक्षा, मुंल्याकन र प्रचारका कामहरुलाई व्यवस्थित गरिएको छ । फागुन ५ गते पार्टीका अध्यक्ष केपीशर्मा ओलीले भर्चुवल माध्यमबाट उद्घाटन गरिएको अभियान दुई महिनासम्म सञ्चालन हुने छ ।
एमाले उदृयपुरले फागुन १४ गते जिल्ला कमिटीको विस्तारित बैठकपछि अभियानको सुरुवात गरेको पार्टीका उपसचिब टेकबहादुर राउतले जानकारी दिए । उनका अनुसार केन्द्र, प्रदेश, जिल्लाबाट खटिएका अभियन्ताहरुले जनवर्गिय संगठन, गाउँपालिका, वडा र टोल कमिटीसँग समन्वय गरी अभियान लक्षित गतिबिधि गरिएको हो ।
जिल्लाको निर्णयसँगै फागुन १५ गतेदेखि चैत्र २० गतेसम्म कार्यक्रम सञ्चालन, यसविचमा प्रतिनिधिसभा र प्रदेशसभा समन्वय कमिटीको आयोजनामा मध्यावधि समिक्षा कार्यक्रम सम्पन्न भएको उपसचिब राउतले बताए । राउतले पार्टीको दुई महिने अभियानले सांगठानिक अराजकता तोड्दै पार्टीको गरिमालाई उच्च पुर्याएको बताए ।
त्रियुगा नगरपालिकाका उपमेयर तथा नगर कमिटीका इन्र्चाज महेश्वरी राईले अभियानले समग्रमा एक घर एक कार्यकर्ता उत्पादन गर्ने पार्टीको लक्ष्यमा सघाउ पुर्याएको दावि गरे । उनले एमालेले संकल्प गरेको विकास र समृद्धीको यात्रामा जनतलाई जोड्न अभियानले सहयोग पुर्याएको बताए ।
पार्टीको अभियानलाई प्रभावकारी बनाउन केन्द्रबाट केन्द्रिय सदस्य तैयव हुसेन, अमृतलाल राजवंशी, कोसी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धीकुमार राज भण्डारीको नेतृत्वमा प्रदेश, जिल्ला, पालिका, जनवर्गिय संगठन, वडा र टोल कमिटी परिचालन भएको अध्यक्ष घिमिरेले बताए । कार्यक्रममा जिल्ला अध्यक्ष घिमिरेले आफु जिल्ला कमिटीमा २०७८ पुस २३ गते निर्वाचित भएयताका पार्टी गतिविधिसमेत सार्वजानिक गरेका थिए ।
त्यसक्रममा उनले नेकपा माओबादी केन्द्रबाट एक हजार, नेपाली काँग्रेसबाट ३ सय ५०, मधेसबादी दलबाट एक सय, पुराने घर फर्क अभियानबाट १ सय ५० र स्वतन्त्रबाट १ सय ५० प्रवेश गरेको बताए । अध्यक्ष घिमिरेले प्रत्येक महिना कार्यक्रम रहने गरी बार्षिक क्यालेण्डर नै तयार गरेर कार्यक्रम गरिएको बताए ।
कार्यक्रम प्रेस चौतारी नेपालका अध्यक्ष पुरुषोतम सापकोटाको अध्यक्षता र सचिब अन्जनीकुमार अधिकारीको सञ्चालनमा भएको थियो ।