शाहीखोलामा पक्की पुलको शिलान्यास

Logo
खेमराज दाहाल आइतबार, बैशाख ०३, २०८०

गाईघाट – त्रियुगा नगरपालिका वडा नं  ८ स्थित राजावास-बैरेनी-भान्टाबारी जोड्ने सडक अन्तर्गत शाहीखोलामा पक्की पुल बन्ने भएको छ।  निर्माण हुन लागेको पक्की पुलको त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले शिलान्यास गर्नु भएको हो ।

२०८२ साल बैशाख १२ गते निर्माण सम्पन्न गर्ने गरी हिम निर्माण सेवाले ४ करोड ५१ लाख २५ हजार ५ सय ७४ रुपैयाँमा पुलको ठेक्का लिएको छ ।

सिंगल स्पाम भएको ४० मिटर लामो मोटरेवल पुल दुई लेनको हुनेछ। राष्ट्रिय योजना आयोग मार्फत समपुरक कोषबाट पुल निर्माणका लागि बजेटको व्यबस्था भएको हो।

पुलको शिलान्यास गर्दै नगर प्रमुख बस्नेतले गाउँको विकासका लागि सडक, बिजुली अति आवश्यक रहेको बताउँदै बन्ने पुल त्रियुगा रिङरोडको अवधारणा अनुसार बन्न लागेको बताउनु भयो  ।

शाहिखोलाका स्थानीयको मागबमोजिम व्यस्त सडकखण्डको शाहीखोलामा पुल निर्माण भएपछि सहजरूपमा यातायात सञ्चालन भई जनताले ठूलो राहत पाउने नगर प्रमुख बस्नेतले धारणा व्यक्त गर्नु भयो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]