त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सिग्देल

Logo
सोमबार, बैशाख ०४, २०८०

उदयपुर । त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा बिष्णु भक्त सिग्देलले कार्यभार सम्हालेका छन । सोमबार कार्यभार सम्हाल्न नगरपालिकाको कार्यलय आएका सिग्देललाई नगर प्रमुख बसन्तकुमार बस्नेत, नगर उपप्रमुख महेश्वरी राई, वडाअध्यक्ष तथा कर्मचारीहरुले स्वागत गरेका छन ।

सामाजिक बिकास मन्त्रालयमा कार्यरत उप सचिव सिग्देल सरकारले गरेको पछिल्लो पदस्थापनमा त्रियुगा नगरपालिका आईपुगेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत सिग्देललाई स्वागत गर्दै नगर प्रमुख बस्नेतले संघीय, प्रदेश र स्थानीय कानुन र कार्यविधिमा रहेर जनतालाई दिने सेवा सुबिधामा कुनै कमि नआउने गरि काम गर्न गराउन आग्रह गरे । कर्मचारीहरुले अनुशासनमा बसेर नगरपालिकाले राखेको उदेस्यलाई कार्यन्वयन गर्न एक जुट भएर लाग्न आग्रह गरे ।

यस्तै उपप्रमुख महेश्वरी राईले नगरले बनाएका योजनाहरुलाई निर्धक्क भएर काम गर्न सुझाव दिइन । प्रमुख प्रशासकीय अधिकृत वनको काम गर्ने शैलीको प्रशंसा गर्दै थुप्रै जटील काम सजिलै फत्ते गरेको उदाहरण सुनाईन ।

प्रमुख प्रशासकीय अधिकृत सिग्देलले संघ, प्रदेश र स्थानीय कानुन र कार्यविधिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रप्रअ वनले भने, “कानुन र कार्यविधिमा रहेर काम गर्ने हो त्यो भन्दा बाहिर गएर प्रशासनीक कामलाई अनावश्यक दवाब दिने काम नगर्नु होस ।”

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।