दोहोरो नागरिकता रहेको भन्दै डा.खड्का विरुद्ध उजुरी

Logo
मंगलबार, बैशाख ०५, २०८०

गाईघाट । उदयपुरबाट प्रतिनिधी सभामा निर्वाचित डा नारायण खड्काको नेपाली नागरिकता छानविन गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ ।

डा खड्का सहित उच्च पदस्त १२ जनाको नेपाली नागरिकता र पीआर तथा ग्रिनकार्ड समेत रहेको भन्दै सोमबार गृह मन्त्रालयमा उजुरी दर्ता भएको हो ।

सिन्धुलीका युुवराज पौडेल सफलले दायर गरेको उजुरीमा डा खड्का सहित राजेन्द्र महत्तो, सरिता गिरी, सुजता कोईराला, अनुराधा कोईराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कडेल, डा स्वर्णिम वाग्ले, डा मिनेद्र रिजाल र दिलेन्द्र प्रसाद बडुको दोहोरो नागरिकता रहेकोले छानविन गरि कार्वाही गर्न माग गरिएको छ ।

डा खड्का नेपाली काग्रेसको राजनीतिमा आउनु भन्दा अगाडी क्यानाडामा बसोबास गर्ने गर्थे भने उनको श्रीमति क्यानेडेली नागरिक हुन । क्यानेडेली नागरिक सँग विवाह गरेका डा. खड्काको एक छोरी छन । छोरी सहित उनकी श्रीमती हाल सम्म उतै बसोबास गर्दै आएका छन ।

डा. खड्का भोजपुरमा जन्मिएको भनिए पनि आफ्नो घर उदयपुर बताउने गर्छन । उदयपुर बाट पटक पटक निर्वाचित भएका उनका भाईको घर उदयपुरको त्रियुगा नगरपालिकामा भए पनि उनि काठमाडौंमा नै बसोबास गर्ने गर्दछन ।

उजुरी कर्ता युवराजले रवि लामिछाने विरुद्ध अदालतमा उजुरी गरेर रबिको उप प्रधानमन्त्री तथा गृह मन्त्री र संसद पद नै खारेजी गराएका थिए ।

हेर्नुहोस पत्र

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]