नेविसंघ स्थापना भएकाे ५४ वर्ष, विरामीलाई फलफुल वितरण गरेर मनाईयो

Logo
बिहिबार, बैशाख ०७, २०८०

उदयपुर । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ स्थापना भएको आज ५४ वर्ष लागेको छ । स्थापना दिनको अवसर पार्दै नेविसंघ उदयपुरका विद्यार्थी हरुले जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेका छन ।

जिल्ला अस्पताल उदयपुरमा रहेका ५१ जना बिरामी तथा प्रसुती गृहमा रहेका सुत्केरी महिला र शान्तिधाम उदयपुरमा रहेका विद्यार्थी हरुलाई फलफुल बितरण गरिएको हो।

कार्यक्रममा नेपाली काङ्ग्रेस उदयपुरका उपसभापति बल ब. तामाङले नेविसंघ न्याय र समानताको आधार भएको बताए । आफ्नो स्थापना दिवसको अवसरमा बिरामी लाई फलफूल बितरण गर्नुले बिरामी लाई उर्जा र हौसला प्राप्त हुने बिश्वास राख्दै उपसभापति तामाङले स्थापना दिवसको शुभकामना दिएका थिए ।

साथै कार्यक्रम लाई सम्बोधन गर्दै नेविसंघ उदयपुरका जिल्ला अध्यक्ष रोशन कार्कीले प्राज्ञिक तथा सामाजिक कार्यक्रममा नेविसंघ सदैव अग्रसर रहेको दावी गरे । अध्यक्ष कार्की सहित पुगेको नेविसंघको टिमले फलफुल बितरण सङ्गै जिल्ला अस्पताल उदयपुरमा रहेका बिरामी लाई स्वास्थ्य लाभको कामना गरेका थिए।

विसं २०२७ वैशाख ६ गते काठमाडौंंको स्वयम्भूस्थित सत्तलमा नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।