दुर्लभ ध्वासे बाघ फेला, उद्धार गरि राष्ट्रिय प्रकृति संरक्षण कोषमा बुझाइयो

Logo
बुधबार, बैशाख १३, २०८०

उदयपुर । डिभिजन वन कार्यालय उदयपुरले विश्ववाट नै लोप हुन लागेको दुर्लब ध्वासे चितुवाको उद्दार गरेको छ ।

उदयपुरको बेलका नगरपालिका ९ यसोधा खोलामा घाईते अवस्थामा रहेको दुर्लब पोथी जातको ध्वासे चितुवालाई उद्दार गरेर चितवन राष्ट्रिय निकुन्ज पठाएको हो ।

बेलका नगरपालिकाको वन क्षेत्रमा फेला परेको उक्त घाईते चितुवालाई चितवन स्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जौविक विविधता संरक्षण केन्द्रमा पठाईएको डिभिजनल वन अधिकृत डा ईन्द्र प्रसाद सापकोटाले जानकारी दिनु भयो ।

नेपालको संरक्षित तथा अति लोपोन्मुख वन्यजन्तुको अनुसुची १ मा रहेको ध्वासे चितुवा नेपालमा करिब ४ सय र विश्वमा तिन हजारको हाराहारीमा मात्र रहेको अनुमान छ ।

वन कर्मचारीले गस्तिको क्रममा वेलकाको वन क्षेत्रमा घाईते अवस्थामा फेला परेको चितुवालाई भेटिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र उदयपुर र कोशी टप्पु बन्यजन्तु आरक्षको पशु विज्ञ चिकित्सकको टोलीले प्राथामिक उपचार गरि थप उपचार र संरक्षणको लागि चितवन पठाईएको डिभिजन वन कार्यालय उदयपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।