ट्राफिक प्रहरीलाई सचेतना बोर्ड हस्तान्तरण

Logo
खेमराज दाहाल आइतबार, बैशाख १७, २०८०

उदयपुर। उदयपुरको सदरमुकाम गाईघाटमा ट्राफिक व्यवस्थापनका लागि त्रियुगा नगरपालिका वडा नं.११ ले १५ थान ट्राफिक सचेतना बोर्ड प्रदान गरेको छ । आईतवार वडाअध्यक्ष सुमन्त कोईरालाले बजार क्षेत्रमा भएको अव्यवस्थित सवारी पार्किङ्गलाई व्यवस्थित गर्न  ट्राफिक सचेतना बोर्ड प्रदान गरेका हुन ।

सडकको बिचमा लापर्वाही पार्किङले सडक दुर्घट्ना मात्र नभै सडक समेत दुर्गधित देखिएका कारण ट्राफिक सचेतना बोर्ड प्रदान गरेको अध्यक्ष कोईरालाले जनाए । गाईघाटको बीच बजार बाट मदन भण्डारी राजमार्ग र सगरमाथा राजमार्ग रहेका कारण सवारी साधनको चाप बढ्न जाँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ।

ब्यस्त बजार त्यसमा पनि व्यस्त राजमार्गमा अतिक्रमण गरी सर्वसाधरणहरुले सवारी साधन पार्किङ गर्दै आएपछि बजार क्षेत्रका भिँडभाँड हुने स्थानहरुमा सवारी रोक्न निषेध छ, सवारी पार्किङ्ग निषेध, बजार एरिया अधिकतम गति जस्ता सचेतना मुलक बोर्ड राखेर बजारको सुन्दरता र दुर्घटना रोक्न सचेतना बोर्ड राखिएको वडा अध्यक्ष कोइरालाले बताए ।

बढ्दो सवारी चापलाई नियन्त्रण गर्नका लागि बैंक लाईनमा एक तर्फ मात्र सवारी साधन पार्किङ्ग गर्न पाइनेव बनाइएको छ । त्यस्तै निलो पुल देखि बिपी चोक हुदै  मुख्य चोक र शुभलक्ष्मी चलचित्रहल सम्म दुवै तर्फका सडक छेउमा सावरी साधन पार्किङ निषेध गरिएको छ ।

सवारी चापहुने सडकलाई मध्ये नजर गर्दै अटो रिक्साहरुलाई निश्चित स्थान तोकेर पार्किङ्ग गर्ने व्यबस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ट्राफिक नियमलाई उल्लघंन गर्ने सवारीलाई १ पटक परेमा ५ सय जरिवाना र सो भन्दा पढि परेमा क्रमस एक हाजर हुँदै १५ सय सम्मको जरिवाना गरिने कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]