उदयपुर। त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले नगरका तिना वटा योजनाको एकै दिन शिलान्यास गरेका छन। नगरपालिकाको वडा नं ७ स्थित कालीखोलामा रहेको श्री माध्यमिक बिद्यालयको भवन, वडा नं ७ मै रहेको ककनी खोलामा ९ मिटर लामो पुल र खोक्सेमा १५ मिटर लामो पुलको एकै दिन शिलान्यास गरेका हुन ।
चालु आर्थिक बर्षमा सम्पन्न गर्ने गरि आर बि एल निर्माण सेवा चुवाडे र चौधरी कन्ट्रक्सनले ठेक्का लिएका छन। आज शिलान्यास गरे संगै निर्माण कम्पनीले निर्माणको काम शुरु गरेका छन।
उदयपुरगढी गाउपालिका वडा नं ७ स्थित हाडेबास, ककनी मन्दीर र त्रित्रीबोटे जोड्ने सडकमा पर्ने ककनी खोलामा ९ मिटर लामो पक्की पुल, त्रियुगा नगरपालिका ७ होक्से खोलामा १५ मिटर र कालीखोलामा रहेको श्री माध्यमिक बिद्यालयको ४ कोठे आर सी सी भवन निर्माण हुने भएको छ।
दुईटा पुल र एक बिद्यालयको भवन गरि ७५ लाख २२ हजार ७ सय ९४ रुपैयामा तिन वटा योजना निर्माण हुन् लागेको हो। बिद्यालयको भवन कोशी प्रदेशका सांसद हिमाल कार्की सहित मेयर बस्नेत र उपमेयर महेश्वरी राइले शिलान्यास गरेका हुन् भने बाँकी दुइटा पुलको शिलान्यास मेयर बस्नेत र उपमेयर राइले शिलान्यास गरेका हुन्।