जनप्रेमी आधारभूत बिद्यालयमा सुबिधा सम्पन्न भवन बन्ने

Logo
बिहिबार, बैशाख २१, २०८०

उदयपुर ।  त्रियुगा नगरपालिका वडा नम्बर १३ स्थित श्री जन प्रेमी आधारभुत विद्यालयका लागि सुविधासम्पन्न पक्की भवन निर्माण हुने भएको छ।

राष्ट्रपति शैक्षिक सुधार परियोजना अन्तर्गत ४ कोठे भवनको आज एक कार्यक्रम गर्दै शिलान्यास गरिएको हो।

नयाँ विद्यालय भवन निर्माणका लागि त्रियुगा नगरपालिकाका मेयर  बसन्त कुमार बसन्त कुमार बस्नेत र उप प्रमुख महेश्वरी राइले एक कार्यक्रम गर्दै शिलान्यास गरेका छन ।

४२ लाख ४० हजार ५ सय ०६ (भ्याट सहित) रुपैया लागतमा निर्माण हुन् लागेको भवनको निर्माणको जिम्मा चौधरी कन्ट्रक्सन गाईघाटले पाएको छ । निर्माण कम्पनीले चालू आर्थिक वर्षभित्र निर्माण गरिसक्न पर्ने छ।

कक्षा ८ सम्म पठनपाठन हुदै आएको बिद्यालयमा पहिले कक्षा ५ सम्म पठनपाठन हुँदै आएको थियो । प्राथमिक बिद्यालयलाई आधारभूत बिद्यालय बनाएर कक्षा ८ सम्म कक्षा सञ्चालन गर्न शुरु गरे पछि कक्षा कोठा कम भएका थिए ।

३ सय ५७ बिद्यार्थी रहेको बिद्यालयमा भवन नहुदा बिद्यार्थीहरुले पुराना छाप्रो भएका भवनमा बसेर पढ्नु पर्ने बाध्यता अव नयाँ भवन बन्ने भए पछि टरेको छ। हालै अंग्रेजी माध्यम बाट समेत पठनपाठन सुरु गरेको बिद्यालयमा नयाँ भवन बन्ने भए पछि बिद्यार्थी, शिक्षक र अभिभावक उत्साहित भएका छन।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।