नगरको टिमै लिएर बजेट माग्न नगर प्रमुख बस्नेत पुगे मुख्यमन्त्री कहाँ डेलिगेशन

Logo
शनिबार, बैशाख २३, २०८०

उदयपुर । त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले बैशाख १४ गते बिहिबार प्रदेशका मुख्यमन्त्री सहित आधा दर्जन मन्त्रालय पुगेर भेटघाट गरे। उपमेयर महेश्वरी राई , ११ जना वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत जम्बो टोली लिएर बिराटनगर पुगेका बस्नेतको टोली देखेर मुख्यमन्त्री हिक्मत कार्कीले त्रियुगाको एकता देखेर आफुलाई लोभ लागेको बताए।

मेयर बस्नेतले माग गरेका योजना सुनेर र एकता देखेर मुख्यमन्त्री कार्कीले तत्काल सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई सम्पर्क गरेर काम अगाडी बढाई दिन निर्देशन दिए । त्रियुगा रिङ्गरोड, रौता सडक कालोपत्रे, खानेपानी, जिल्ला अस्पताललाई स्तरवृद्धि, सिंचाई लगायतका आधादर्जन योजना लिएर पुगेका मेयर बस्नेतले जनताले आफुलाई काम गर्नका लागि पठाएको र जनताले देखिने गरि काम गर्ने बताए।

“नगरपालिकामा देख्नलाई एक अर्वको बजेट आउछ तर त्यसको करिव ६० प्रतिशत चालु खर्चमा सकिदो रहेछ, नगरपालिकाको मात्र पैसाले त कुनै काम नै नहुने रहेछ,” मेयर बस्नेतले भने, “अहिले हामीलाई परिणाम चाहिएको छ परिणाम दिनका लागि त संघ र प्रदेश धाएर त्यहाँ बाट बजेट लान नसके सकिंदैन।”

अवलोकन भ्रमण र अनेकन बहानामा नगरको स्रोत साधनको दोहन गर्ने अन्य नगरपालिकाको समाचार बाहिर आउदा त्रियुगाका मेयर बस्नेत भने कसरी हुन्छ नगरको बिकास गर्नु पर्छ भनेर अहोरात्र खटिरहेका छन । संघ र प्रदेशका मन्त्रालयमा नगरपालिकाको टिमलाई नै उपस्थित गराएर यहाँका जनताको मागलाई हुवहु सम्बोधन गर्न आग्रह समेत गरेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।