भौतिक पूर्वाधार मन्त्रालयमा त्रियुगाका १३ योजना अत्यावश्यक भित्र

Logo
शनिबार, बैशाख २३, २०८०

उदयपुर । त्रियुगा नगरपालिकाका विभिन्न १३ वटा योजनालाई अति आवश्यक योजना अन्तर्गत राखेर भौतिक पूर्वाधार मन्त्रालयले आउदो आर्थिक बर्षको बजेट बनाउने भएको छ। त्रियुगा नगरप्रमुख बसन्त बस्नेतको सिफारिसमा मन्त्रालयले आउदो आर्थिक बर्ष २०८०/८१ मा नगरका बहुउदेश्यीय १३ वटा योजना समेटेर बजेट बनाउने भएको हो ।

विभिन्न कामको शिलशिलामा काठमाडौंमा रहदा मेयर बस्नेतले मन्त्रालयमा पुगेर मन्त्री सहित सचिवलाई भेटेर नगरपालिकाका मुख्य योजनाहरुको माग गर्दै आएका थिए ।

पूर्वाधार मन्त्रालयमा अति आवश्यक भित्र परेका योजनामा गाईघाट फत्तेपुर सडक खण्डमा पर्ने खोलामा पक्की पुल, त्रियुगा नगरपालिका वडा नं १३ बाट निर्माणधीन सगरमाथा विमानस्थल जोड्न त्रियुगा नदिमा पक्की पुल लगायत रहेका छन ।

पटकपटक मन्त्रालय यिनै योजनाका लागि पुगेका मेयर बस्नेतले उप प्रमुख महेश्वरी राई र प्रमुख प्रशासकीय अधिकृतलाई समेत मन्त्रालय पुर्याएर नगरपालिकाको अवस्थाथाको बारेमा अवगत गराएका थिए ।

मेयर बस्नेतले भौतिक पूर्वाधार सहित शहरी बिकास मन्त्रालय मार्फत त्रियुगा रिङ्गरोड र बरुवा त्रियुगा करिडोर निर्माणका लागि समेत अति आवश्यक भित्र बजेटको माग गरेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]