त्रियुगा नगरपालिका वडा नं ५ को आयोजनामा बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

Logo
शनिबार, बैशाख २३, २०८०

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ५ देउरीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । यही बैशाख २४ गते वडा नं ५ को आयोजनामा निशुल्क स्वास्थ्य शिविर गर्न लागिएको हो ।

विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने भएको छ । स्वास्थ्य शिविरमा मुटु, पाठेघर, छाला तथा यौन रोग, नाक, कान, घाँटी, दम सम्बन्धि भिडियो एक्सरे, फिजिसियन, इसिजी, इको कार्डियो लगायतका सेवा प्रदान गरिने वडा नं ५ का वडा अध्यक्ष उद्धब थापाले बताए ।

आधा दर्जन विशेषज्ञ चिकित्सकहरुबाट शिविरमा सेवा दिईने अध्यक्ष थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार ५ नं वडा बाहेकका अरु वडाका नागरिकहरुले समेत शिविरबाट सेवा लिन सकिने उनले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]