उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधी झापालाई

Logo
आइतबार, बैशाख २४, २०८०

उदयपुर । उदयपुरको गाईघाटमा सम्पन्न प्रथम उप–मेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि अलइनवन क्लव झापाले हात पारेको छ । जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा गरिएको प्रतियोगितामा शनिवार भएको फाईनल खेलमा पिएसडव्लुसी पथरी मोरङ्गलाई ३–० ले पछि पार्दै झापाले उपाधी हात परेको हो ।

गाईघाटको थरुहट रंगशालामा भएको खेलमा झापाको तर्फबाट पहिलो हाफको २९ औँ मिनेटमा रजनी थोकरले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएकि थिइन । त्यसको ३ मिनेट लगत्तै ३२ औँ मिनेटमा थोकरले पुःन दास्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाएकी थिईन ।

दोस्रो हाफको ३२ औँ मिनेटमा झापाकै मेनुका आलेमगरले थप एक गोल गर्दै टिमको अग्रता ३-० पुर्याएकी थिइन । समयअवधी भर कुनै गोल गर्न नसकेको मोरङले उपबिजेतामा चित्त बुझाउन परेको छ । बिजेता बनेको झापाले नगद १ लाख सहित ट्रफी र प्रमाणपत्र हात पारेको छ भने उपबिजेता बनेको मोरङले नगद ५० हजार सहित ट्रफी र प्रमाणपत्र हात पारेको छ ।

खेलको उत्कृष्ट गोलरक्षक मोरङ्गका राधिका ओली घोषित भईन । त्यसैगरी वेष्ट डिफेन्डर झापाका एलेक्स चौधरी, वेष्ट प्रशिक्षक झापाका मिलन गुरुङ्ग, वेष्टमिडफिल्डर झापाका रश्मी घिसिङ्ग, सर्वाधिक गोलकर्ता झापाका रजनी थोकर, उदयमान खेलाडी गाईघाटका सविता रोका घोषित भए । उनीहरुलाई जनही ३ हजारका दरले प्रदान गरिएको थियो ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडी घोषित भएकी झापाकी सविता राना मगरलाई नगद पाँच हजारले सम्मान गरिएको थियो । विजेता र उपविजेता समुहलाई कोसी प्रदेशसभाका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राई लगायत उपस्थित वडा अध्यक्षहरुले नगदसहित ट्रफीले सम्मान गरेका थिए ।

गत वैशाखको १६ गते देखि गाईघाटको थरुहट रंगशालामा जारी रहेको प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको समापन कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।