त्रियुगा नगरपालिकाले दिन थाल्यो वैदेशिक रोजगारीमा जानेलाई श्रमस्वीकृति

Logo
खेमराज दाहाल सोमबार, बैशाख २५, २०८०

उदयपुर । त्रियुगा नगरपालिकाले वैदेशिक रोजगारीमा जानेको श्रम स्वीकृति दिन सुरु गरेको छ । सरकारले वैदेशिक रोजगारीमा जानेका लागि स्थानीय तहमार्फत श्रमस्वीकृति दिने व्यवस्था मिलाएसँगै नगरपालिकाले साउदी अरेबिया जान लागेका चिरञ्जीवी पोखरेललाई श्रमस्वीकृति प्रदान गरि सेवा सुरु गरेको हो ।

सरकारले यही वैशाख ३ देखि संघ र प्रदेशमा रहेको सेवालाई विकेन्द्रित गर्दै स्थानीय तहसम्म पुर्याएको थियो । अनुमति पाएको २१ दिनमा श्रमस्वीकृति प्रदान गरेको रोजगार सेवा केन्द्रका संयोजक निशा घलेले बताइन ।

स्थानीय तहबाट श्रमस्वीकृति बितरण भए पछि आफ्नो पालिकावाट कुन ठाउँमा के कामको लागि नागरिक वैदेशिक रोजगारीमा गएका छन भन्ने सम्पुर्ण डाटा रहने भएकोले उनिहरुलाई नेपाल फर्किए पछि सिपअनुसारको रोजगारी सिर्जना गरि रोजगार दिन सकिने भएको हुँदा यो सेवा नगरपालिकाको लागि अतिनै फलदायी हुने नगरप्रमुख वसन्त बस्नेतले बताए ।

पालिकाबाट श्रमस्वीकृति बितरणको सेवा सुचारु भए सँगै वैदेशिक रोजगारमा जानेहरुमा वैदेशिक रोजगारीको बारेमा चेतना गाउँस्तरमा पुग्ने भएकाले वैदेशिक रोजगार ठगी कम हुने अपेक्षा गरिएको उपमेयर महेश्वरी राईले बताइन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाखदेखि व्यक्तिगत श्रमस्वीकृति र पुनः श्रमस्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गर्ने निर्णय गरेको थियो । यस अघि काठमाडौंबाट मात्र हुँदै आएको श्रमस्वीकृति दुई वर्ष अघिमात्र प्रदेशस्तरमा लगिएको थियो ।

हाल नगर वा गाउँपालिका अन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत अनलाइन आवेदन दिन सकिने र श्रमस्वीकृति लिन सकिने व्यवस्था छ । यो व्यवस्थाका कारण हजारौं खर्च गरेर श्रमस्वीकृति लिन प्रदेशका श्रम तथा रोजगार कार्यालय जानुपर्ने बाध्यता हटेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]