त्रिनपा ५ देउरीमा बृहत स्वास्थ्य शिविर सम्पन्न

Logo
सोमबार, बैशाख २५, २०८०

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ५ देउरीमा विभिन्न रोगको विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गरिएको छ । त्रियुगा नगरपालिका ५ स्थित देउरी स्वास्थ्य कार्यालयमा बिराट मेडिकल कलेजको प्राबिधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

उदयपुरमा विशेषज्ञ डाक्टरको अभावमा कयौं रोगका बिरामीहरु उपचार गर्न  धरान, बिराटनगर, काठमाडौं जानु पर्ने बाध्यता छ । शिबिरमा  हाडजोर्नी तथा नसा रोग, प्रसुती तथा स्त्रीरोग, छाला तथा चर्म, जनरल फिजिसीयन, मुटु रोग (ईसिजी), दमको रोग (पिएफटी), भिडियो एक्सरे सेवा  राखिएको थियो ।

बिभिन्न रोग लागेर अनेत्र गएर चेक जाँच गर्न नपाएका नागरीकहरुको उपचार गर्ने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य शिबिर राखिएको वडा अध्यक्ष उद्धब थापाले बताए।

शिविरमा त्रिनपा ५ देउरीसँगै नगरका अन्य वडाका नागरिकको स्थास्थ्य परिक्षण गरिएको वडा सचिव देवेन्द्र खत्रीले जानकारी दिए।  सचिव थाका अनुसार शिविरमा ४ सय २२ जनाले स्वास्थ्य चेकजाँच गराएका छ्न।  शिविरमा उपलब्ध सेवा लिन धरान, बिराटनगर, काठमाडौं सम्म पुग्नु पर्ने बाध्यतामा रहेकाले अहिले घर नजिकै बिशेषज्ञ डाक्टरहरुसँग चेकजाँच गराउन पाउदा बिरामीहरुले खुसी थिए ।

शिविरमा निःशुल्क औषधी वितरण, ल्याब सेवा पिसाब, सुगर जाँच, ईसिजी, भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो । त्रियुगा नगरपालिकाले नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर काम गर्दै आइरहेको नगरप्रमुख बसन्त कुमार बस्नेतले बताए ।

स्वास्थ्य शिबिरमा जिल्लामा हाडजोर्नी, नसा र मुटु, दम, सुगर प्रेसर, पिसाब इन्फेक्सन जस्ता सम्बन्धीका बिरामी धेरै भेटिएका थिए । महिलाहरुमा पाठे घर झरेको, सेतो पानो बग्ने, महिनावारी गडबडी हुने, पिसाव पोल्ने, महिनावारी हुँदा पेट दुख्ने बिरामी धेरै भेटिएका थिए ।

त्रियुगा नगरपालिका ६ स्थित उदयपुर सिमेन्ट फ्याक्ट्री बाट निस्किएको धुवाधुलोले यहाँका जनता सबै भन्दा बढी प्रभावित हुदै आएका छन । सिमेन्ट फ्याक्ट्री बाट निस्किएको धुवाधुलोले यहाँका स्थानीय श्वासप्रश्वासमा समस्या, मृगौलामा समस्या, पिसाबमा इन्फेक्सन, पत्थरी, सुगर प्रेसर जस्ता विभिन्न समस्या भोग्दै आएका छन।

हाल जिल्ला अस्पतालमा समेत त्रियुगा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराउदै आएको छ। हाडजोर्नी तथा नशा रोग, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ द्वारा जिल्लामै उपचार शुरु भएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]