निर्माणधिन मदन भण्डारी सभाहलको सहरी बिकास मन्त्रालयका सचिव र मेयर बस्नेतले गरे निरीक्षण

Logo
बुधबार, बैशाख २७, २०८०

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटको निर्माणाधीन ‘त्रियुगा मदन भण्डारी सभा भवन तथा अतिथि गृह’ को आज सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले निरीक्षण गरेका छन। पहिलो फेजको काम सकिएपछि बजेट अभाव र अन्य प्राविधिक कारणले रोकिएको भवन हाल निर्माणाधीन छ।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय राजविराजको रेखदेखमा निर्माणाधीन भवनको आज सचिव आचार्य, आयोजना कार्यालय राजबरिाजका प्रमुख डिई सचिन्द्र देव, त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेत सहितको टोलीले निरिक्षण  गरेका हुन।

निर्माणाधीन भवनको ८० प्रतिशत काम सकिएको छ। साइडका भागमा केहि ढलान बाँकी रहेको छ भने माथी ट्रस छानो लगाउन बाँकी रहेको छ।  २०८० साल जेठ १४ गते काम सम्पन्न गरिसक्ने गरी सुनकोसी कन्स्ट्रक्सनले ठेक्का लिए पनि कामको गति हेर्दा  निर्माण सम्पन्न हुन अझै अरु एक वर्ष लाग्ने देखिन्छ। भवन निर्माणका लागि आयोजना कार्यालयले मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक १८ करोड २ लाख १६ हजार १ सय ९१ रुपैँयामा ठेक्का लागेको छ।

२ बिघा क्षेत्रफलमा अवस्थित सभाहलमा व्यवस्थित पार्किङ, पुरुष–महिला र अपांगमैत्री शौचालय, अतिथि सदन, चमेना गृह, कर्मचारी आवास हुने इस्टिमेटमा छ । १ हजार ५ सय क्षमताको ठूलो र ५ सय क्षमताको सानो गरी २ वटा सभाकक्ष हुनेछन् । भूमिगत पार्किङ, फूलबारी र पश्चिमतर्फ मुख्य प्रवेशद्वार तथा बाँकी दिसातर्फ वहिर्गमनद्वार हुने इस्टिमेट छ ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।