त्रियुगा ११ चप्पनबाट साढे ८ किलो गाँजासहित एक पक्राउ

Logo
शुक्रबार, बैशाख २९, २०८०

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका– १० चपनबाट बिहीबार साँझ साढे ८ किलोग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।

पहाडी क्षेत्रबाट गाँजा लिएर सदरमुकाम गाईघाट बजारतर्फ आउँदै गरेका रौतामाई गाउँपालिका–८ का ४९ वर्षीय डिकबहादुर लुङ्गेलीमगरलाई पक्राउ गरिएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले बताए ।

मगरको साथबाट प्रतिबन्धित लागूऔषध ८ केजी ५८१ ग्राम गाँजा बरामद गरिएको प्रहरी निरीक्षक थापाले बताए ।

पक्राउ गरेका मगरलाई बिहीबार नै अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका मगर जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]