उदयपुरबाट ८ हजार ८ सय ३८ बैदेशिक रोजगारीका लागि विदेशिए

सिप सिकेर मात्र बैदेशिक रोजगारीमा जान मेयर बस्नेतको आग्रह
Logo
खेमराज दाहाल शुक्रबार, बैशाख २९, २०८०

उदयपुर ।  नेपालबाट दैनिक रुपमा १५ सय बढी नेपाली अध्ययन तथा रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ। त्रियुगा नगरपालिकाको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको पत्रकारहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा यो तथ्यांक देखिएको हो।

उदयपुरको ४ पालिकामा संचालन हुदै आएको सामी कार्यक्रमले देखाएको तथ्यांक अनुसार हाल सम्म ६५ लाख बढी नेपाली श्रम स्वीकृति लिएर बिदेश गएका छन।  जस मध्य १ लाख ३१ हजार २ सय २ जना अर्थात कुल बैदेशिक रोजगारीमा गएका २१ प्रतिशत नेपाली कोशी प्रदेशका रहेका छन। सामीले देखाएको तथ्यांक अनुसार उदयपुर बाट ८ हजार ८ सय ३८ नेपाली बैदेशिक रोजगारमा गएका छन।

सामी कार्यक्रमको तथ्यांक अनुसार बैदेशिक रोजगारीमा जानेको संख्या दिनहु बढ्दै गएको देखिन्छ। रोजगार सुनिश्चित नहुनु, उद्योग कलकारखाना, उत्पादनमुखी कार्यक्रमहरू ठप्प हुनु, कृषि पेशामा आत्मनिर्भर नहुनु, श्रमको ज्याला नपाउनु र छिमेकीका छोराछोरीले विदेशमा गरेको प्रगतिले लोभिनु लगायतका कारण वैदेशिक रोजगारमा जानेको संख्यामा वृद्धि भएको सामी कार्यक्रमको निस्कर्ष छ ।

पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिका प्रमुख बसन्त कुमार बस्नेतले वैदेशिक रोजगारीमा गएकाहरु धेरैजसो सीप नसिकी जाँदा भनेजस्तो ज्याला र काम नपाएका कारण ठगिनु परेको बताए । वैदेशिक रोजगारमा लाग्ने रकम, पाउने पारिश्रमिक, कामको ग्यारेन्टी, मृत्युपछि पाउने बिमा लगायतका रकममा आर्थिक ठगि हुने गरेको उनले बताए ।

पैसा कमाउने लोभमा हचुवाको भरमा विदेशको तयारी गर्दा अधिकांश ठगिने गरेको तथ्यांक धेरै देखिएको हुँदा यसलाई न्यूनीकरण गर्न सामी कार्यक्रमले प्रभावकारी कार्यक्रम ल्याएर कार्यन्वयन गर्न सुझाब समेत दिए। मेयर बस्नेतले सके सम्म आफ्नै देशमा रोजगारी गर्न र नसके सिप सिकेर मात्र बैदेशिक रोजगारीमा जान मेयर बस्नेतले आग्रह गरे।

जिल्लाको त्रियुगा, चौदण्डिगढी, कटारी नगरपालिका र रौतामाई गाउँपालिकामा सञ्चालित परियोजनाले वैदेशिक रोजगारलाई सुरक्षित कसरी गर्ने, कसरी ठगिन नदिने र कस्ता खालका सीप सिकाउने भन्ने विषयमा केन्द्रित रहेर काम गर्दै आएको जिल्ला संयोजक बिजनकुमारी बस्नेतले बताइन्।

कार्यक्रम संयोजक बस्नेतले विदेश जाँदा, लागत, श्रम स्वीकृत, तलब, काम, नीति नियम, प्रक्रिया र अन्य सेवा सुविधाका बारेमा प्रष्ट हुन र नेपाल सरकारको माताहतमा रहेको एजेन्सीहरूबाट मात्रै विदेश जानु पर्ने बताइन्। विदेश जानुभन्दा पूर्व सम्बन्धित निकायहरूमा गएर सोधपुछ गर्ने गर्दा दुःख नपाइने बताइन्।

कोसी प्रदेशका कार्यक्रम अधिकृत डिएन चौधरीले वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र तिनका परिवारलाई राज्य संयन्त्रबाट संरक्षित तथा गन्तव्य मुलुकमा मर्यादित कार्यको वातावरण तय गर्न कार्यक्रम सञ्चालन गरिएको बताए।

उनीहरूलाई सुरक्षित र सम्मानजनक रूपमा काम गर्न सक्ने गरी सूचना, सीप, परामर्श लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए। अधिकृत चौधरीका अनुसार परियोजनाले सूचना तथा सीप परामर्श, न्यायमा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श र परिवारको उचित संरक्षणमा ध्यान दिएको बताए।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुँयालले वैदेशिक रोजगारी नेपालका लागि अर्थतन्त्रको मेरुदण्ड भए पनि उत्तिकै विकृति भित्र्याएको बताए।

कार्यक्रम संयोजक बस्नेतले विदेश जाँदा, लागत, श्रम स्वीकृत, तलब, काम, नीति नियम, प्रक्रिया र अन्य सेवा सुविधाका बारेमा प्रष्ट हुन र नेपाल सरकारको माताहतमा रहेको एजेन्सीहरूबाट मात्रै विदेश जानु पर्ने बताइन्। विदेश जानुभन्दा पूर्व सम्बन्धित निकायहरूमा गएर सोधपुछ गर्ने गर्दा दुःख नपाइने बताइन्।

 

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]