चिट्ठा पर्यो भनेर ठगी गर्ने गिरोहका उदयपुरका २ सहित ३ जना पक्राउ

Logo
सोमबार, जेठ ०१, २०८०

गाईघाट ।  जिल्ला प्रहरी कार्यालय उदयपुरले सामाजिक सञ्जालमा चिट्ठा पर्याे भनेर ठगी गर्ने समूहका तीन जनालाई पक्राउ गरेको छ । विभिन्न प्रलोभन देखाई समाजिक सञ्जालमा ठगी गरेको आरोपमा कटारी वडा नम्बर ३ का उज्वल थापा मगर, विशाल थापा र चितवन रत्ननगर २ का सुशिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलनको आयोजना गरी ठगीमा संलग्नहरुलाई सार्वजनिक गरेको हो । पछिल्लो समय समाजिक सञ्जाल तथा मोवाईलमा फोन गरेर चिट्ठा पर्याे भनेर ठगी गर्ने गिरोह सक्रिय भई रहेको बेला उदयपुर प्रहरीले तीन जनालाई पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाएको छ ।

पक्राउ परेका व्यक्तिहरुको समूहले त्रियुगा नगरपालिका ३ का उदय राईलाई सामाजिक सञ्जाल ह्वाट्स एपमा २५ लाखको चिट्ठा पर्याे रकम प्राप्त गर्न कर तिर्नको लागि भनेर २२ लाख २० हजार ठगी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठगी गर्ने समूहले विभिन्न व्यक्तिको बारेमा अध्ययन गर्ने, सामाजिक सञ्जालमा विभिन्न प्रलोभन सहितको लिंक पठाउने, चिट्ठा परेको भनेर फोन गर्ने र चिट्ठा वापतको रकम प्राप्त गर्ने कर वापतको पैसा इसेवा, आएमी पे, कनेक्ट आईपिएस लगाएतबाट पैसा पठाउन लगाएर ठगी गर्ने गरेको उदयपुरका प्रहरी प्रमुख ज्ञानेन्द्र प्रसाद फुँयालले बताए।

प्रहरीका अनुसार ठगी गर्ने समूहले विभिन्न जिल्लाबाट पैसा प्राप्त गरेको रेकर्ड फेला परेकाले ठगीमा परेको संख्या ठूलो हुन सक्ने उदयपुर प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनालाई नै जिल्ला अदालतबाट मुलुक अपराध संहिता २०७४ को ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धि कसुरमा ६ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।